काठमाडौं – आज कञ्चनपुरमा भेटिएको १८ किलो सुन तस्करीमा प्रहरीकै संलग्नता रहेको खुलेको छ। प्रहरी कार्यालय कैलालीमा कार्यरत सिपाही सुरज तिरुवाले सुन तस्करी गरेको खुलेको हो । उनी भाइ हुन । उनका दाजु लक्ष्मण तिरुवा भारतमा चालक रहेका छन् । दाजुसँग सेटिङ मिलाएर भाई सुरजले सुन तस्करी गरेको खुलेको छ ।

दाजु लक्ष्मणले भारतीय ब्यापारीसँग सुन गाडीमा ल्याएर भाइ सुरजलाई दिएको र सुरजले ससुरालीमा लगेर गाडेको रहस्य खुलेको हो। यसरी सुरजले सुन ससुरालीमा गाडेको थाहा पाएपछि प्रहरीले बिहीबार कञ्चनपुरको पुनर्वास नगरपालिका-२ स्थित सुन्दरबस्तीमा रहेको भरत विकको घरबाट १८ केजी सुन बरामद गरेको हो। प्रहरीले तिरुवा दाजुभाइलाई पक्राउ गरेर अनुसन्धान अगाडि बढाएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) प्रमुख डीआईजी निरज शाहीले जानकारी दिए।


प्रहरीले सेतो प्लाष्टिकको बोरामा सुनका १८ वटा बिस्कुट फेला पारेको थियो । हरेक विस्कुटलाई कालो कपडा बेरिएको थियो ।

खाल्डोमा लुकाएर राखेको १८ किलो सुनसहित १ जना पक्राउ