भारतमा लडाकु हमला ३० अर्धसैनिक मारिए

भारतमा लडाकु हमला ३० अर्धसैनिक मारिए

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण २ गते बिहिबार ०३:१८

भारत प्रशासित कश्मीरमा एक गाडीको लस्करमा भएको लडाकु हमलामा कम्तिमा ३० जना अर्धसैनिकहरू मारिएका छन्। प्रहरीले बीबीसीलाई जनाए अनुसार विस्फोटक पदार्थले भरिएको एउटा कार अर्धसैन्य बलका जवानहरू बोकेको बससँग ठोक्काइएको थियो। पाकिस्तानस्थित...

भारत प्रशासित कश्मीरमा एक गाडीको लस्करमा भएको लडाकु हमलामा कम्तिमा ३० जना अर्धसैनिकहरू मारिएका छन्। प्रहरीले बीबीसीलाई जनाए अनुसार विस्फोटक पदार्थले भरिएको एउटा कार अर्धसैन्य बलका जवानहरू बोकेको बससँग ठोक्काइएको थियो।

पाकिस्तानस्थित इस्लामिक समूह जैश-ए-मोहम्मदले उक्त हमलाको जिम्मेवारी लिएको छ। सन् २०१६ मा भारतीय सैन्य क्याम्प उरीमा भएको हमलापछि सुरक्षा फौजमाथि भएको यो सबैभन्दा ठूलो रक्तपातपूर्ण हमला हो।

उक्त हमला, श्रीनगर शहरभन्दा २० किलोमिटरको दूरीमा बाक्लो सैन्य उपस्थिति हुने श्रीनगर-जम्मु राजमार्गमा भएको हो। स्थानीय समाचारहरूमा जनाइए अनुसार हमलामा कम्तिमा ४० जना घाइते भएका छन्।

भारतीय समाचार संस्था पीटिआईले सरकारी अधिकारीहरूलाई उद्धत गर्दै मृतकको सङ्ख्या बढ्नसक्ने बताएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रतिपक्षी भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष राहुल गान्धीले ट्विट गर्दै घटनाको भर्सना गरेका छन्।

फ्रान्सेली समाचार संस्था एएफपीका अनुसार आत्मघाती हमलापछाडि आफूहरू रहेको भन्दै जैश-ए-मोहम्मदले सञ्चारमाध्यमहरूलाई एक वक्तव्य पठाएको थियो।

पूरा पढ्नुहोस

प्रकाशित मिति २०७५ फाल्गुण २ गते बिहिबार ०३:१८
प्रतिक्रिया दिनुहोस