जम्मु कस्मिर आक्रमण प्रती नेपाल सरकारबाट निन्दा, आक्रमणमा ४४ जवानको मृत्यु भएको थियो

जम्मु कस्मिर आक्रमण प्रती नेपाल सरकारबाट निन्दा, आक्रमणमा  ४४ जवानको मृत्यु भएको थियो

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण ३ गते शुक्रबार १२:३०

काठमाण्डौ – भारतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्लामा भएको आंतकवादी आक्रमणको नेपाल सरकारले कडा निन्दा गरेको छ । बिहीबार पुलावामा जिल्लामा  भारतीय सुरक्षा बल केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ)का ४४ जवानको ज्यान गरे भएको...

काठमाण्डौ – भारतको जम्मू–कश्मीर राज्यको पुलावामा जिल्लामा भएको आंतकवादी आक्रमणको नेपाल सरकारले कडा निन्दा गरेको छ ।


बिहीबार पुलावामा जिल्लामा  भारतीय सुरक्षा बल केन्द्रीय रिजर्भ प्रहरी बल (सीआरपीएफ)का ४४ जवानको ज्यान गरे भएको आतंकवादी आक्रमणको निन्दा गर्दै नेपाल सरकारले मृतक जवानहरुको परिवारप्रति समवेदना र घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ । 


बिहीबार साँझ परराष्ट्र मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा नेपालले जुनसुकै बहानामा पनि आतंकवादी आक्रमणको समर्थन गर्न नसकिने जनाउँदै नेपाल सधैँ यस्ता आक्रमणको विपक्षमा रहेको स्पष्ट पारेको छ ।
 


प्रधानमन्त्री ओलीद्वारा भारतीय समकक्षी मोदीलाई फोन
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई फोन गरेर घटनाप्रति दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले ट्वीट गर्दै आफूले भारतीय समकक्षी मोदीलाई फोन गरेर घटनाप्रति दुःख व्यक्त गरेको बताउनुभएको छ ।

पूरा पढ्नुहोस

प्रकाशित मिति २०७५ फाल्गुण ३ गते शुक्रबार १२:३०
प्रतिक्रिया दिनुहोस