११ बर्षिया बालिकाको शब आधा जलेको अबस्थामा फेला

११ बर्षिया बालिकाको शब आधा जलेको अबस्थामा फेला

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण ३ गते शुक्रबार १२:३९

धनुषा – धनुषामा एक बालिकाको हत्या भएको छ । मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षकी दुतिया रैसेलीको हत्या भएको हो । बुधबार राति गाउँमै बिहेको भोज खान गएकी बालिकाको शव घरभन्दा पर मगरटोल नजिक झाडीमा आधा...

धनुषा – धनुषामा एक बालिकाको हत्या भएको छ । मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलीकी छोरी ११ वर्षकी दुतिया रैसेलीको हत्या भएको हो ।

बुधबार राति गाउँमै बिहेको भोज खान गएकी बालिकाको शव घरभन्दा पर मगरटोल नजिक झाडीमा आधा जलेको अवस्थामा बिहीबार बिहान १० बजे फेला परेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो ।  

स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । आधा जलेको शवलाई पोष्टमर्टमको लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक सरोज राईले बताउनुभयो ।  

पूरा पढ्नुहोस

प्रकाशित मिति २०७५ फाल्गुण ३ गते शुक्रबार १२:३९
प्रतिक्रिया दिनुहोस