एउटै नम्बर प्लेटको २ सरकारी गाडी, बिल बुक पनि एउटै

एउटै नम्बर प्लेटको २ सरकारी गाडी, बिल बुक पनि एउटै

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण ३ गते शुक्रबार १२:४९

पोखरा -पोखरामा एउटै नम्बर प्लेट बोकेका २ वटा सरकारी सवारी साधन सञ्चालनमा रहेको पाइएको छ । पोखरा महानगरपालिका र बिद्युत प्राधिकरण दुबै सरकारी कार्यालयसँग ग १ ग १२३ नम्बरका २ वटा सवारी साधन छन् । पोखरा महानगरपालिकासँग रहेको फोहोर...

पोखरा -पोखरामा एउटै नम्बर प्लेट बोकेका २ वटा सरकारी सवारी साधन सञ्चालनमा रहेको पाइएको छ । पोखरा महानगरपालिका र बिद्युत प्राधिकरण दुबै सरकारी कार्यालयसँग ग १ ग १२३ नम्बरका २ वटा सवारी साधन छन् ।

पोखरा महानगरपालिकासँग रहेको फोहोर संकलन गर्ने यो गाडीको नम्बर ग १ ग १२३ छ । यातायात व्यवस्था कार्यालय गण्डकीमा यो गाडी २०६१ सालमा असोज २६ गते दर्ता भएका देखीन्छ । यो गाडीको बिल बुक पनि एउटै छ ।

यस्तै बिद्युत प्राधिकरण पोखराको कार्यालयमा रहेको यो क्रेनको नम्बर पनि ग १ ग १२३ नै रहेको छ । यो गाडी यातायात व्यवस्था कार्यालयको ढ्डामा दर्ताभएको देखिदैन । तर सरकारी क्रेन ट्रक शिर्षकमा २०५७ बैशाख २ गते राजश्व तिर्दै आएको बिल बुकमा देखिन्छ ।

दुबै सरकारी कार्यालयले ग १ ग १२३ नम्बरका सवारी नियमसँगत रुपमा कार्यालय प्रयोग गर्दै आएको दाबी गर्छन् । पोखरा महानरपालिकाका कार्याकारी अधिकृत शेषनारयाण पौडेलले यो सवारी महानगरको भएकाले कसरी जुद्धन गयो भन्ने जानकारी नभएको बताउँछन् ।

पुरा पढ्नुहोस

प्रकाशित मिति २०७५ फाल्गुण ३ गते शुक्रबार १२:४९
प्रतिक्रिया दिनुहोस