पशुपती शर्माले भने “लुट्न सके लुट कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ [भिडियो हेर्नुहोस]

पशुपती शर्माले भने “लुट्न सके लुट कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ [भिडियो हेर्नुहोस]

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण ४ गते शनिवार ०१:२०

काठमाडौं –नेपालको राजनीतिमा खैलाबैला आएपछी लोक तथा दोहोरी गायक पशुपति शर्मा आक्रोशित भएका छन् ।राजनीतिक खिचातानीबाट सरकार ढाल्ने र बनाउने खेलप्रति आक्रोसित हुँदै उनले व्यग्यात्मक शैलीमा राजनीतिक दललाई खबदारी गरेका छन् । ब्याङ्ग्यात्मक...

काठमाडौं –नेपालको राजनीतिमा खैलाबैला आएपछी लोक तथा दोहोरी गायक पशुपति शर्मा आक्रोशित भएका छन् ।राजनीतिक खिचातानीबाट सरकार ढाल्ने र बनाउने खेलप्रति आक्रोसित हुँदै उनले व्यग्यात्मक शैलीमा राजनीतिक दललाई खबदारी गरेका छन् ।

ब्याङ्ग्यात्मक एवम् चेतना मुलक गीत गाउँदै आएका पछिल्लो समयका चर्चित गायक पशुपति शर्माले नयाँ गीत बजारमा ल्याएका छन्। गायत शर्माले लुट्न सके लुट कान्छ, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ बोलको गीत बजारमा ल्याएका हुन् ।

लुट्न सके लुट कान्छा लुट्न सके लुट

अरु देशमा पाइँदैन नेपालमै हो छुट…

सार्वजनिक तथा सरकारी निकायमा भ्रष्टचारका कयौँ घटनाहरू सार्वजनिक भइरहेका बेला शर्माले यही विषयलाई गीतको मूल विषय बनाएका छन्।

मास्ट डिग्री सकेर पनि जागिर खान नसकेको एक युवालाई अर्का एकजनाले लुट्न ‘प्रेरित’ गरिरहेको कथा गीतमा छ। अरुलाई लुट्न सुझाव दिने युवाचाहिँ  मानसिक समस्यामा परेजस्ता देखिन्छन् र एक्लै बोल्दै हिँडिरहे झैँ देखिन्छन्। 

‘विशुद्ध व्यंग्यात्मक गीत’ भएकोले ‘व्यंग्य बुझ्न’ आग्रह गर्दै भिडियोको अन्त्यमा ‘देश लुट्नेलाई बहिस्कार गर्न’ अपिल गरिएको छ।

सरकारी स्कुलमा जागिर खाने शिक्षकले आफ्ना सन्तान भने निजी स्कुल (बोर्डिङ) मा पढाएको, सरकारी अस्पतालको डाक्टरले निजी क्लिनिकमा बिरामी बोलाएको, सुब्बा तहको कर्मचारीले दुई वर्षमै घर ठड्याएको, वाइडबडी जहाज किन्दा आर्थिक घोटाला भएको, सुनकाण्ड र ठूलै नेता भ्रष्टाचारमा संलग्न भएको लगायतका विषय शर्माको गीतका विषय छन्।

शनिबार दिउँसोसम्म भिडियो दुई लाख ९० हजारले हेरेका छन्। यसअघि पनि सामाजिक विषयमा शर्माले गाएका व्यंग्यात्मक शैलीका लोक दोहोरी गीतहरू चर्चित छन्।

शर्माका ‘मलाई अमेरिका यही…’ , ‘क्याम्पस पढ्न आउनी…’ लगायतका गीत निकै चर्चित भएका थिए। 

गीतमा शब्द/संगीत पनि गायक शर्माकै छ। भिडियोमा शर्मासहित मञ्जु विक र प्रज्योल भण्डारीले अभिनय गरेका छन्।

अन्नपूर्ण पोस्ट


भिडियोमा:

प्रकाशित मिति २०७५ फाल्गुण ४ गते शनिवार ०१:२०
प्रतिक्रिया दिनुहोस