काठमाडौं । धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा ११ बर्षीया बालिकालाई जलाएर हत्या गरिएको छ ।
बुधबार राती बिहे भोजपछि हराएकी हरिहरपुर मगरटोलकी रेश्मा(दुत्तिया) रसाइलीको शव बिहीबार बिहान जलेको अवस्थामा भेटिएको हो ।
इलाका प्रहरी कार्यालय ढल्केबरका अनुशार शरीरको अगाडि भाग पूरै जलेको अवस्थामा घरभन्दा ७ सय मिटर पर उखुबारीमा शव भेटिएको हो ।
‘प्रारम्भिक अनुसन्धानमा बालिकाको हत्या भएको देखिन्छ’, प्रहरी प्रमुख एसपी शेखर खनालले भने, ‘शरीर पुरै जलेको छ । हत्या मात्र हो कि बलात्कार पनि हो भन्ने बुझ्न पोष्टमार्टम रिपोर्ट कुरिरहेका छौं ।’
शवको बिहीबार अवरान्ह जनकपुर अन्चल अस्पतालमा पोष्टमार्टम गरिएको छ । कान्तिपुर दैनिकबाट
प्रकाशित मिति २०७५ फाल्गुण ४ गते शनिवार ०१:४९