छोराले नै गरे आफ्नै बाबुको हत्या

छोराले नै गरे आफ्नै बाबुको हत्या

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण ४ गते शनिवार ०३:१५

सल्यान -सल्यानमा छोराले आफ्नै बाबुको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । जिल्लाको त्रिबेणि गाउँपालिका वडा नम्बर २ कारागीठि ज्यामिरेका दुर्गा बहादुर रानाले आफ्नै बाबु कृष्ण बहादुर रानाको हत्या गरेका हुन् । कृष्णका...

सल्यान -सल्यानमा छोराले आफ्नै बाबुको हत्या गरेको अभियोगमा प्रहरीले छोरालाई पक्राउ गरेको छ । जिल्लाको त्रिबेणि गाउँपालिका वडा नम्बर २ कारागीठि ज्यामिरेका दुर्गा बहादुर रानाले आफ्नै बाबु कृष्ण बहादुर रानाको हत्या गरेका हुन् ।

कृष्णका जेठा छोरा दुर्गाले आफ्नै ४० बर्षीय बाबुलाई गत माघ २८ गते कुटपिट गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । छोरा दुर्गाले हात खुट्टा र लाठीले बाबु कृष्णलाई प्रहार गरेपछि रक्ताम्य भएका बाबु २९ गते बिहान आफ्नै घरमा मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बाबु छोराको झगडा हुँदा छोराले कुटपिट गरेर बुवाको हत्या गरेको खुल्न आएको सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्र बहादुर शाहीले बताए ।

अत्याधिक मादक पदार्थ(रक्सी) सेबन गर्ने गरेका कृष्णलाई छोरा दुर्गाले बारम्बार सम्झाउँदा पनि नसम्झिएपछि आबेगमा आई छोराले बाबुको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

अत्याधिक रक्सी सेबन गरेका कृष्णले आफ्नी श्रीमतीसँग झगडा गरी स्थानीय हेमराज पुनको घरमा गएपछि छोरा दुर्गाले बाबु कृष्णलाई घर जाउ भनी सम्झाउन खोज्दा नमानेपछि छोरा कृष्णले बाबुलाई कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

पूरा पढ्नुहोस

प्रकाशित मिति २०७५ फाल्गुण ४ गते शनिवार ०३:१५
प्रतिक्रिया दिनुहोस
कालिकोटमा भेटियो दुर्लभ रेडपाण्डा

कालिकोटमा भेटियो दुर्लभ रेडपाण्डा
२०७७ चैत २५ गते बुधबार ०१:३२

शुभकालिकाले उचाल्यो भलिबलको उपाधी

शुभकालिकाले उचाल्यो भलिबलको उपाधी
२०७७ चैत २४ गते मङ्गलबार ०१:२६

जुनेली रातमा चाँदनिको एउटा मीठो प्रेम कथा

जुनेली रातमा चाँदनिको एउटा मीठो प्रेम कथा
२०७७ चैत २१ गते शनिवार ०६:०१

जातीय बिभेदको डरलाग्दो मानचित्र

जातीय बिभेदको डरलाग्दो मानचित्र
२०७७ चैत २० गते शुक्रबार ०१:४८