प्रहरीलाई ५०० रुपैयाँ घुस दिन खोज्ने ट्रीपर चालक पक्राउ

प्रहरीलाई ५०० रुपैयाँ घुस दिन खोज्ने ट्रीपर चालक पक्राउ

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण ५ गते आईतबार ०८:११

काठमाडौँ : सवारीसाधनको कागजात जाँच गर्ने क्रममा प्रहरीलाई ५०० रुपैयाँ घुस दिन खोज्ने टिपर चालक पक्राउ परेका छन् । शनिबार राति बल्खुस्थित सडकमा रहेको प्रहरीले बा ४ ख ६७७१ र बा ३ ख ६५६८ नम्बरका टिपर चालकसँग आवश्यक कागजात माग गर्दा...

काठमाडौँ : सवारीसाधनको कागजात जाँच गर्ने क्रममा प्रहरीलाई ५०० रुपैयाँ घुस दिन खोज्ने टिपर चालक पक्राउ परेका छन् ।

शनिबार राति बल्खुस्थित सडकमा रहेको प्रहरीले बा ४ ख ६७७१ र बा ३ ख ६५६८ नम्बरका टिपर चालकसँग आवश्यक कागजात माग गर्दा उनीहरुले घुस दिन खोजेका थिए ।

पक्राउ पर्नेहरुमा मकवानपुरको थाहा नगरपालिका-४ घर भएका २३ वर्षीय ओमबहादुर कार्की र थाहा नपा-४ कै २४ वर्षीय लक्ष्य पन्त रहेका छन् । उनीहरु दुवैजना ललितपुरको नख्खुमा डेरा बस्दै आएका थिए ।

दुवैले आफूहरुसँग कागजपत्र नभएको बताउँदै ५०० रुपैयाँ घुस दिन खोजेपछि महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएका प्रहरी सहायक निरीक्षक धन सिंह ठकुरीले पक्राउ गरेका हुन् ।

अन्नपूर्ण पोस्ट

प्रकाशित मिति २०७५ फाल्गुण ५ गते आईतबार ०८:११
प्रतिक्रिया दिनुहोस