भारतको आरोपप्रती पाकिस्तानी प्रधानमन्त्रीको जवाफ, ‘लडाइ सुरु गर्न सजिलो छ, अन्त्य गर्न निकै कठिन’

भारतको आरोपप्रती पाकिस्तानी प्रधानमन्त्रीको जवाफ, ‘लडाइ सुरु गर्न सजिलो छ, अन्त्य गर्न निकै कठिन’

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण ७ गते मङ्गलबार ०२:२१

इस्लामावाद : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले काश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणमा पाकिस्तानको संलग्नता नरहेको स्पष्ट पारेका छन्। उनले घटनाबारे कुनै प्रमाण भए पाकिस्तानलाई उपलब्ध गराउन आग्रह गर्दै त्यसमाथि छानविन...

इस्लामावाद : पाकिस्तानका प्रधानमन्त्री इमरान खानले काश्मिरको पुलवामा भएको आतंकवादी आक्रमणमा पाकिस्तानको संलग्नता नरहेको स्पष्ट पारेका छन्। उनले घटनाबारे कुनै प्रमाण भए पाकिस्तानलाई उपलब्ध गराउन आग्रह गर्दै त्यसमाथि छानविन गर्ने प्रतिबद्धता समेत जनाए। 

पुलवामा घटनाबारे मंगलवार आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्री खानले  काश्मिरमा हुने हरेक घटनामा भारतले विना प्रमाण पाकिस्तानलाई आक्षेप लगाउने गरेकोमा आपत्ति जनाए। ‘काश्मिरमा आक्रमण गरेर हामीलाई के फाइदा छ? हामी आफैं पछिल्लो १५ वर्षयता आतंकवादविरुद्ध लडिरहेका छौं’, उनले भने। 

भारतले कुनै छानविन गर्न चाहे आफूहरु सहयोग गर्न तयार रहेको भन्दै उनले थपे, ‘हामी आतंकवादविरुद्ध वार्ता गर्न तयार छौं। हामी यसलाई अन्त्य गर्न चाहन्छौं। आतंकवादका कारण पाकिस्तानले धेरै कुरा गुमाएको छ।’

काश्मिर विवादको समाधान सैनिकबाट हुन नसक्ने ठोकुवा गर्दै उनले वार्ता नै उत्तम विकल्प भएको बताए। उनले पुलवामा घटनालाई लिएर पाकिस्तानमाथि हमला गरे कडा जवाफ दिने चेतावनी समेत दिए। ‘लडाइ सुरु गर्न सजिलो छ, अन्त्य गर्न निकै कठिन’, उनले आफ्नो सम्बोधनमा भनेकाे पाकिस्तानी सञ्चारमाध्यमले जनाएकाे छ। 

पूरा पढ्नुहोस

प्रकाशित मिति २०७५ फाल्गुण ७ गते मङ्गलबार ०२:२१
प्रतिक्रिया दिनुहोस