पशुपति शर्माको नयाँ गित यस्तो आयो

पशुपति शर्माको नयाँ गित यस्तो आयो

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण ७ गते मङ्गलबार ०३:०३

लेख्न सके लेख कान्छा लेख्न सके लेख । एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश । कति मजा आयो कान्छा पानी जहाज चढ्दा एम्बुलेन्स फ्याट्टै आयो जुम्लामा लड्दा । पूर्व बाट रेल चढी पश्चिम तिर गइयो । एकै दिनमा काम सकि घर पुग्ने भइयो । देख्न...

लेख्न सके लेख कान्छा लेख्न सके लेख ।
एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।


कति मजा आयो कान्छा पानी जहाज चढ्दा
एम्बुलेन्स फ्याट्टै आयो जुम्लामा लड्दा ।
पूर्व बाट रेल चढी पश्चिम तिर गइयो ।
एकै दिनमा काम सकि घर पुग्ने भइयो ।


देख्न सके देख कान्छा देख्न सके देख,
एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।


जनताहरु कारमा गुड्छन् हेलिकोप्टर चढ्छन्,
नेताहरु सेवा गर्छन् झुपडीमा बस्छन् ।
देउवाकाजी साह्रै राम्रा रसिलो छ बोली,
आफ्नै दाजुभाइ हुन् भन्छन् प्रचण्ड र ओली ।


भेट्न सके भेट कान्छा भेट्न सके भेट ।
एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।


हावा बाट विजुली आयो भारतमा बेच्यो ।
नेपाल जस्तै बनाउनु छ सिंगापुर ले लेख्यो ।
ग्याँस धरै भयो हामलाई रसियाले माग्यो ।
पानी चहाज झण्डा बोक्दै अमेरिका लाग्यो ।


मेट्न सके मेट कान्छा मेट्न सके मेट ।
एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।


सुन्नै छाड्यो हाम्रो कानले नेताजीको भाषण
स्वर्ग जस्तो देशमा इन्द्र जी को शाषण ।
जनताले जे दियो त्यहि नेताको राषण,
मुटु भित्र रहेको छ नेता जी को आषण ।


छेक्न सके छेक कान्छा छेक्न सके छेक ।
एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।


इण्डियाले निहुँ खोज्यो नाकाबन्दी लाइयो ।
चाइनामा स्याउ बेची २५ अर्ब पाइयो ।
अरु देशका नेताहरु छन् खै कस्ता कस्ता,
हाम्रा देशका नेता हरु भगवान जस्ता ।


लेख्न सके लेख कान्छा लेख्न सके लेख ।
एक वर्षमै स्वर्ग भयो नेपाल भन्ने देश ।”

आर्टिकल्स नेपाल डट कममा रन्जन सापकोटाले लेख्नुभएको छ ।

प्रकाशित मिति २०७५ फाल्गुण ७ गते मङ्गलबार ०३:०३
प्रतिक्रिया दिनुहोस