मेष(चु चे चो ला लि लु ले लो अ)

मुहारमा कान्ति छाउनेछ। स्वास्थ्यमा सुधार आउनेछ। मित्रको सहयोगमा कार्य सफल हुनेछन्। कष्टकर यात्रा हुनेछ।

बृष(इ उ ए ओ वा वी वु वे वो)

अध्ययन अध्यापनमा रोकावट आउनेछ। पारिवारिक झमेला बढ्नेछ। वैदेशिक कार्यहरू सफल हुनेछन्। राजनैतिक विवाद बढ्नेछ।

मिथुन(का कि कु घ ङ छ के को हा)

सत्रु परास्त हुनेछन्। धन सञ्चित हुनेछ। पारिवारिक सद्भाव बढ्नेछ। मान्यजनको सहयोग मिल्नेछ। पराक्रम बढ्नेछ।

कर्कट(ही हु हे हो डा डि डु डे डो)

धार्मिक कार्यमा लगाव बढ्नेछ। पदोन्नतिको सम्भावना बढ्नेछ। कृषि कार्यबाट लाभ मिल्नेछ। मनोरन्जनात्मक गतिविधि बढ्नेछ।

सिंह(मा मि मू मे मो टा टी टु टे)

शारीरिक चञ्चलता बढ्नेछ। आध्यात्मिक सन्तुष्टि को अनुभुति हुनेछ। व्यवहारिक ज्ञान बढ्नेछ। अवरुद्ध कार्य सुचारु हुनेछन्।

कन्या(टो प पी पु ष ण ठ पे मो)

विछोडिएका मित्रसँग भेट हुनेछ। हर्ष बढ्नेछ। यात्रा कष्टकर रहे पनि कार्य सफल हुनेछन्। दाजुभाइबीच मनमुटाव बढ्नेछ।

तुला(र री रु रे रो ता ती तू ते)

अनावश्यक खर्च हुनेछ। पारिवारिक प्रेम बढ्नेछ। व्यवसायिक प्रगति हुनेछ। आर्थिक कारोवार बढ्नेछ। शारीरिक सौन्दर्यमा ध्यान जानेछ।

बृश्चिक(तो ना नी नू ने नो या यि यु)

सत्रु सक्रिय रहनेछन्। अनावश्यक लान्छना लाग्न सक्छ। स्वास्थ्य कमजोर रहनेछ। निर्णायक क्षमताको विकास हुनेछ। वुद्धि बढ्नेछ।

धनु( ये यो भ भि भु ध फा ढ भे)

दैनिक कार्य यथावत रहनेछन्। धार्मिक आस्था बढ्नेछ। खर्च नियन्त्रण हुनेछ। साहित्यमा रुचि बढ्नेछ। सामाजिक सम्मान प्राप्त हुनेछ।

मकर(भो ज जि खि खु खे खो गा गि )

पिताको सहयोग मिल्नेछ। व्यवसायिक लगानी बढ्नेछ। वैदेशिक रोजगार प्राप्त हुनेछ। पराक्रम बढ्नेछ। यात्रा हुनेछ।

कुम्भ(गू गे गो सा सी सु से सो द)

शैक्षिक प्रतिस्पर्धा बढ्नेछ। अध्ययनमा रुचि बढ्नेछ। व्यवसायिक लाभ मिल्नेछ। आध्यात्मिक सन्तुष्ठी मिल्नेछ। हर्ष बढ्नेछ।

मीन(दि दू थ भ ञ दे दो चा ची)

कानुनी अल्झन देखापर्नेछ। इच्छाशक्ति बढ्नेछ। अधुरा कार्य पूरा हुनेछन्। सामाजिक कार्यमा खर्च बढ्नेछ। प्रेम बढ्नेछ।