लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा…’ बोलको गीत अन्तर्राष्ट्रिय चर्चा हुन थालेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले पनि शर्माको गीतलाई प्राथमिकताका साथ छापेकाे छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)काे धम्कीपछि भ्रष्टाचारविरुद्ध युट्युबबाट हटाए’ भनेर छापेका छन् । अल जजिराले ‘नेपाली लोक गायककाे भ्रष्टाचारविरुद्ध गीत धम्कीपछि युट्युबबाट हटाए’ भनेर छापेको छ ।

अल जजिराले लेखेकाे छ, ‘Pashupati Sharma released a video of the song “Lutna Sake Lut, Nepal Mai Chha Chhut” (loot whatever you can, since that’s allowed only in Nepal) over the weekend.’

A popular Nepali folk singer says he removed a satirical song on corruption from YouTube after the youth wing of the ruling Nepal Communist Party (NCP)allegedly threatened him, local media reported on Monday.

Pashupati Sharma released a video of the song “Lutna Sake Lut, Nepal Mai Chha Chhut” (loot whatever you can, since that’s allowed only in Nepal) over the weekend.

The song immediately struck a chord with the people angered by widespread corruption in the country. 

Many showed their support for the singer on Twitter where some denounced what they called the undemocratic approach of the ruling party.

इडीन्युज डट नेट (ednews.net) ले पनि ‘धम्कीपछि गायककाे भ्रष्टाचारविरुद्ध गीत युट्युबबाट हाटए’ भनेले समाचार लेखेको छ । इडीन्युजले लेखेको छ, ‘एक लोकप्रिय नेपाली लोक गायकले सत्तारुढ कम्युनिस्ट पार्टीको युवा संघकाे धम्कीपछि भ्रष्टाचार विरुद्ध गीत युट्युबबाट हाटए।’

A popular Nepali folk singer says he removed a satirical song on corruption from YouTube after a youth wing of the ruling communist party allegedly threatened him, local media reported on Monday.

Pashupati Sharma released a video of the song “Lutna Sake Lut, Nepal Mai Chha Chhut” [Loot whatever you can since that’s allowed only in Nepal] over the weekend.

The song immediately stroke a chord among Nepalis angered by widespread corruption in the country. 

People showed their support for the singer on Twitter where some denounced what they called the undemocratic approach of the ruling party.

Sharma said he took the video down after he received threatening calls from members of the Youth Federation of Nepal, a student wing of the ruling Nepal Communist Party.

“They objected to certain words of the song. So I removed it [from YouTube]. I will upload it after revision,” he told a local radio station on Monday.

गल्फ टाइमस् डट कम(gulf-times.com), द इडियन एक्प्रेस (indianexpress.com),freedomforum.org, newseverytime.com, eastautonews.com, democratstime.com लगायतका अन्य अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले शर्माको गीत युट्युबबाट हटाएपछि ‘भ्रष्टाचारविरुद्ध गीत धम्कीपछि गायकले युट्युबबाट हटाए’ भनेर समाचार बनाएका छन् ।

नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै ल्याएकाे साे गीत सार्वजनिक भएपछि उनकाे चर्चा मात्रै होइन विरोध र आलाेचना पनि भइरहेकाे छ । शर्माको गीतलाई लिएर सामाजिक सञ्जालमा बहस नै चलेको छ ।

गीत सार्वजनिक भएपछि सत्तामा रहेको नेकपा पार्टी समर्थकहरूले शर्माकाे गीतलाई सामाजिक सञ्जालमा चर्को आलोचना गर्दै विरोध जनाएका छन् भने, अन्यले युट्युबबाट गीत हटाएकाेमा सरकारकाे विराेध गरिहरेका छन् ।

पशुपति शर्माले आफ्नो अफिसिल युट्युबबाट उक्त भिडियो हटाए पनि युट्युब र सामाजिक सञ्जालमा छ्यापछ्याप्ती भएको छ ।