गण्डकी प्रदेशका पाँच मन्त्रीले सरकारबाट पाएको ईन्धनको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयको तेल भरेको खुलासा

गण्डकी प्रदेशका पाँच मन्त्रीले सरकारबाट पाएको ईन्धनको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयको तेल भरेको खुलासा

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण ८ गते बुधबार ०७:०५

पाेखरा । गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयको तेल भर्ने गरेको खुलेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ । सरकारबाट इन्धनबापतको रकम लिएर पनि मन्त्रीहरूले...

पाेखरा । गण्डकी प्रदेशका पाँच मन्त्रीले इन्धनका लागि सरकारबाट पाएको रकम खल्तीमा हालेर गाडीमा भने मन्त्रालयको तेल भर्ने गरेको खुलेको खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ ।

सरकारबाट इन्धनबापतको रकम लिएर पनि मन्त्रीहरूले गाडीमा मन्त्रालयबाटै तेल भर्दै आएको रिपोर्ट सार्वजनिक लेखा समितिमा पुगेको हो ।

समाचारकाे अनुसार आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङ, भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेत, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा, आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले दोहोरो सुविधा लिएका छन् ।

स्रोत: न्युज २४ टिभी

प्रकाशित मिति २०७५ फाल्गुण ८ गते बुधबार ०७:०५
प्रतिक्रिया दिनुहोस