काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका शिक्षाशास्त्र  संकायका सहायक डिन बौबालाल साहलाई सत्ता पक्षका विद्यार्थी संगठनहरुले कालोमोसो दलेका छन् । एक जना छात्रालाई यौन दुर्व्यवहार गरेको भन्दै अखिल क्रान्तिकारी र अनेरास्वीयुका कार्यकर्ताहरूले सहायक डिन साहलाई बुधवार कालोमोसो दलेका हुन् । 

बुधवार शैक्षिक प्रमाणपत्रका लागि त्रिभुवन विश्वविद्यालयमा आइरहेको बेला सहायक डिन साहले ती छात्रालाई यौन दुर्व्यवहार गरेकाआरोप छ । बर्दिया घर भएकी ती छात्राले शिक्षाशास्त्र संकायको डिन कार्यालयमा साह विरुद्ध उजुरी दिएकी छन्।

पूरा पढ्नुहोस