डाक्टर बाबुराम भट्टराईले गाउँगाउँमा स्थानीयसँग भलाकुसारी गर्दै हिँडेको आज २४औँ दिन पुगेको छ । बुधबार पश्चिम रुकुमका विभिन्न ठाउँहरु घुमेर बिहीबार उहाँ जाजरकोट जाँदै हुनुहुन्छ । 

बिहीबार डाक्टर भट्टराईले रुकुमको चौरजहारीबाट जाजरकोट जाँदै गर्दाको तस्बिर सामाजिक संजालमा राख्नु भएको छ । साथै उहाँले जीवनमा पहिलो पटक दौरा सुरुवाल लगाएको भन्दै ट्विटरमा पोस्ट गर्नु भएको छ । उहाँ लेख्नुहुन्छ, ‘देश अनुसारको भेष ! जीवनमा पहिलो पटक दौरा (सुरूवाल लगाएर खसबाहुल्य कर्णाली प्रदेशमा प्रवेश गरियो! ’ 

डाक्टर बाबुराम भट्टराईको दौरा सुरुवालसहितको फोटो फेसबुकमा राख्दै उहाँकी पत्नी तथा नयाँ शक्तिकी नेता हिसिला यमी लेख्नुहुन्छ, ‘मेरा खस श्रीमान पहिलो पटक खस दौरा सुरुवाल लगाएर खस भूमिमा ।’