जीबनका अनगिन्ती सपनाहरु,
पात सरी झरी गए,
साहित्यका कलमहरु,
आकाश सरी मौन भए,

एक छिन अगाडिका पलहरु,
आखा खुल्दा बिलाई गए,
जसलाई जीवन सम्झन्थे,
त्यही अब मृत्यु भए,

अध्यारोको पुतली हो त्यो,
दीप भित्र समाहित भए,
संसारका विद्वान हो त्यो,
खेलौनामा रमाई गए,

हत्या भए श्वास अनि,
लक्ष्मी गाँस, बाँस, कपास,
यो जुनि यस्तै हो अब,
अर्को जुनिको आस,

यो जुनि यस्तै हो अब,
अर्को जुनिको आस!!!

कृष्ण भक्त महर्जन,

हाल साउथ कोरिया