काँकडभिट्टा — भारतको मणिपुर हुँदै म्यानमारको बाटोबाट इराक लैजान लागिएका १ सय ४७ महिलासहित १ सय ७९ जनालाई माइती नेपालले उद्धार गरेको छ । उनीहरुलाई पूर्वी नाकाबाट स्वदेश फर्काइदैँछ । मणिपुरका मुख्यमन्त्री एन वीरेनले आइतबार उद्धार गरिएका सबैलाई नेपाली टोलीको जिम्मा लगाएको बताइएको छ ।

अध्यक्ष खड्काले माइती नेपाललाई प्राप्त अति गोप्य सूचनाको आधारमा भारतको दिल्लीस्थित महिला आयोग, मणिपुर प्रहरी र स्थानीय गैर सरकारी संस्थाको सक्रियतामा मणिपुरको प्रान्तीय राजधानी इम्फालबाट म्यानमार हुँदै इराक लैजान लागिएको अवस्थामा उद्धार गरिएको हो ।

बेचविखनमा संलग्न १ महिलासहित ९ जना आरोपीहरुलाई समेत नियन्त्रणमा लिइएको जनाइएको छ।उद्धार गरिएकाहरुलाई सोमबार राति या मंगलबार बिहानसम्ममा नेपाल ल्याइने छ।