दुबै हात नभएकी मेघालाई शिशिर भण्डारीको ४ लाख सहित ‘लभ स्टेशन’ युनिटको सहयोग

दुबै हात नभएकी मेघालाई शिशिर भण्डारीको ४ लाख सहित ‘लभ स्टेशन’ युनिटको सहयोग

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण ९ गते बिहिबार ०१:४८

काठमाडौं – पछिल्लो समय फिल्म युनिट तथा त्यसका कलाकारलाई सामाजिक काममा पनि देख्न सकिन्छ । यस्तैमा फिल्म ‘लभ स्टेशन’ युनिटले पनि आफूलाई सामाजिक काममा अगाडि देखाएको छ । फिल्म टिमले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई...

काठमाडौं – पछिल्लो समय फिल्म युनिट तथा त्यसका कलाकारलाई सामाजिक काममा पनि देख्न सकिन्छ । यस्तैमा फिल्म ‘लभ स्टेशन’ युनिटले पनि आफूलाई सामाजिक काममा अगाडि देखाएको छ ।

फिल्म टिमले करेन्टबाट दुई हात गुमाएकी मोरङकी मेघा घिमिरेलाई बुधबार उनकै डेर भक्तपुरमा गएर १ लाख रुपैयाँ सहयोग गरेको हो । फिल्मका अभिनेता प्रदीप खड्का, अभिनेत्री जसिता गुरुङ, निर्माता गोविन्द शाही र संगीतकार एलिस कार्कीसहितको टोलीले मेघालाई उक्त रकम सहयोग गरेको हो । 

दुवै हात गुमाएकी मेघाको हात राख्नको लागि आर्थिक सहयोगको खाँचो रहेको थाहा पाएपछि हामीले  फिल्मको तर्फबाट १ लाख दिएको निर्माता गोविन्द शाहीले बताए । उनले  प्रिय कलाकारहरुले दर्शकका लागि सहयोग गर्दा आपसी सम्बन्ध अझ निकट हुने बताए ।

कार्यक्रममा कलाकार शिशिर भण्डारीले जम्मा गरेको रकम ४ लाख सहयोग पनि सोही क्रममा अभिनेता प्रदीप खड्काले मेघालाई प्रदान गरेका थिए । ‘हाम्रो भेटले मेघालाई अझ अघि बढ्न प्रेरणा मिल्नेछ’ अभिनेता प्रदीपले भने । आफ्ना प्रिय नायक, नायिकालाई घरमै भेट्न पाउँदा आफूमा पनि खुसीको सिमा नरहेको मेघाले बताईन् । 

पूरा पढ्नुहोस

प्रकाशित मिति २०७५ फाल्गुण ९ गते बिहिबार ०१:४८
प्रतिक्रिया दिनुहोस