बलिउड अभिनेत्री दीपिका पादुकोणले आफ्नो ३३ औं जन्मदिनको अवसरमा आफ्ना फ्यानहरुका लागि वेबसाइट लञ्च गरेकी छिन् । deepikapadukone.com नाम रहेको वेबसाइट जनवरी ५ तारिखको अपराह्न ४ बजे लञ्च गरिएको थियो । उक्त वेवसाइटमा फिल्मी प्रसंगहरूको जानकारी उपलब्ध हुने जनाइएको छ ।

तर उनको फ्यानहरूको कारणले वेबसाइट केहि समय वेबसाइट नै बन्द भयो । वेबसाइट लञ्च गरेको ३ घण्टासम्म अत्यधिक भिजिटरका कारण वेबसाइट नै ठप्प भएको थियो । करिब ३ घण्टापछि अर्थात बेलुकी ७ बजेतिर मात्र वेबसाइट खुलेको थियो । अब दीपिकासँग जोडिएका मनोरन्जनसम्बन्धी सामग्री यही वेबसाइटमा उपलब्ध हुनेछन् । केहि समय अगाडी मात्र उनको बिबाह रणविर सिंह संग भएको थियो ।