विदेशमा सम्पर्कविहीन भएका आफन्तको दूताबास मार्फत् खोजबिनदेखि राहत, क्षतिपूर्ति र शव नेपाल ल्याउनेसहितका प्रकृया अघि बढाउन परराष्ट्र मन्त्रालयको कन्सुलर सेवा विभागले मोबाईल एप सार्वजनिक गरेको छ । मोबाईल एप प्रयोग गर्न सके विदेशमा समस्यामा परेका नेपाली र तिनका परिवारले सरकारको सहयोग खोज्न अब विभिन्न कार्यालयका दैला चहार्नु नपर्ने विभागले जनाएको छ ।

विदेश जाँदा आवश्यक कागजपत्र प्रमाणीकरणका लागि होस् या विदेशमा रहेका आफन्तको उद्धार तथा राहतका लागि कन्सुलर विभाग पुग्नैपर्छ । यी र यस्तै कामका लागि अहिले दैनिक एक हजार सेवाग्राही कन्सुलर विभाग पुग्छन् । यिनै समस्या समाधान गर्न कार्यालय नै धाउनु नपरोस् भनेर विभागले बुधबार मोबाइल एप सार्वजनिक गरेको छ । अब एपमार्फत सेवाग्राहीले घरमै बसेर सुविधा लिन र आफ्नो कामको प्रगति विवरण हेर्न सक्ने विभागको भनाइ छ ।

रोजगारीका लागि विदेशिने नेपालीको बढ्दो क्रम र उनीहरुले भोग्नुपर्ने समस्याको सहज समाधानका लागि मोबाईल एप प्रभावकारी हुने परराष्ट्र मन्त्रालयको विश्वास छ । 

एप डाउनलोडका लागि यहाँ क्लिक गर्नुहोस

पूरा पढ्नुहोस