भारतबाट ल्याएको ईलेक्ट्रीक बसलाई चिनबाट ल्याएको हो भनी प्रमाणित नगर्दा सचीवको सरुवा

भारतबाट ल्याएको ईलेक्ट्रीक बसलाई चिनबाट ल्याएको हो भनी प्रमाणित नगर्दा सचीवको सरुवा

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण १० गते शुक्रबार ०१:४१

काठमाडौँ । सचिव कृष्णप्रसाद देवकोटालाई भारतबाट ल्याइएका इलेक्ट्रिक बसलाई चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा सरुवा गरेको बताएका छन् । सचिव कृष्णप्रसाद देवकोटाले आफू संस्कृति, पर्यटन तथा नगारिक उडड्यन प्राधिकरण मन्त्रालयबाट...

काठमाडौँ । सचिव कृष्णप्रसाद देवकोटालाई भारतबाट ल्याइएका इलेक्ट्रिक बसलाई चीनबाट ल्याएको प्रमाणित गर्न नमान्दा सरुवा गरेको बताएका छन् । सचिव कृष्णप्रसाद देवकोटाले आफू संस्कृति, पर्यटन तथा नगारिक उडड्यन प्राधिकरण मन्त्रालयबाट सरुवामा परेको दाबी गरेका छन्।

गत वर्ष मन्त्रालयमा सरुवा भएर आएका देवकोटालाई अहिले यृवा तथा खेलकुद मन्त्रालयमा पठाइएको हो।

मन्त्रालयमा बुधबार बिदाइ कार्यक्रममा देवकोटाले इलेक्ट्रिक बसको दबाब नमान्दा आफू सरुवामा परेको पर्यटनमन्त्री रवीन्द्र अधिकारीकै सामुन्ने बताएका हुन्। कसले दबाब दिएको भन्ने उनले खुलाएनन्। यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति २०७५ फाल्गुण १० गते शुक्रबार ०१:४१
प्रतिक्रिया दिनुहोस