पाकिस्तान सुपर लिग; सन्दिपको शानदार प्रदर्शन पहिलो खेलमा नै ३ विकेट लिए

पाकिस्तान सुपर लिग; सन्दिपको शानदार प्रदर्शन पहिलो खेलमा नै ३ विकेट लिए

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण १० गते शुक्रबार ०१:३७

काठमाडौँ : दुबईमा सुरु भएको पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगिताको डेब्यु खेलमै नेपाली युवा स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिन सफल भएका छन् ।  लाहोर कलान्दर्सबाट डेब्यु बलिङ गर्दै सन्दीपले विस्फोटक व्याटिङ गरेको मुल्तान...

काठमाडौँ : दुबईमा सुरु भएको पाकिस्तान सुपर लिग क्रिकेट प्रतियोगिताको डेब्यु खेलमै नेपाली युवा स्पिनर सन्दीप लामिछानेले तीन विकेट लिन सफल भएका छन् । 

लाहोर कलान्दर्सबाट डेब्यु बलिङ गर्दै सन्दीपले विस्फोटक व्याटिङ गरेको मुल्तान सुल्तान्सका तीन विकेट लिन सफल भएका हुन् । 

३.३ ओभर बलिङ गरेका सन्दीपले महँगो सावित भए पनि दुई विकेट लिन सफल भए । ३.३ ओभर बलिङका क्रममा सन्दीपले १२.८५ इकोनोमी राख्दै ४५ रन खर्चिएका थिए । 

विस्फोट ब्याटिङ गर्दै ४१ बलमा ८४ रन बनाएका मुल्तानका जेम्स भिन्सलाई सन्दीपले आफ्नो र टिमकै पहिलो विकेटका रुपमा फखर जमानको हातबाट क्याच आउट गराए । 

सन्दीपले त्यसपछि तेस्रो क्रममा आएका मुल्तानका क्याप्टेन सोयब मल्लिकलाई ८ बलमा १० रन बनाएको अवस्थामा क्याच आउट गराए । यो पटक उनले विएसेको हातबाट मल्लिकलाई क्याच आउट गराउँदै पेभेलियन फर्काए । 

त्यसपछि सन्दीपले ६ बलमा ७ रन बनाएको अवस्थामा आन्द्रे रसेललाई पेभेलियन फर्काए । पहिलो बलमा छक्का हानेका रसेल सन्दीपको तेस्रो बलमा पेभेलियन फर्किए । लाहोरका लागि सन्दीपपछि शाहीन शाह अफ्रिदीले ३ ओभर बलिङ गर्दै १५ रन खर्चिएर १ विकेट लिए । 

प्रकाशित मिति २०७५ फाल्गुण १० गते शुक्रबार ०१:३७
प्रतिक्रिया दिनुहोस