साबधान! प्रेसर कुकरको प्रयोग गर्दा यी कुराहरुमा ध्यान दिनुहोस

साबधान! प्रेसर कुकरको प्रयोग गर्दा यी कुराहरुमा ध्यान दिनुहोस

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण १० गते शुक्रबार ०४:१२

हाम्रो भान्सामा दैनिक जसो केहि न केहि खाने कुराहरु पकाउने गरिन्छ। त्यसमा धेरै प्रयोगमा आउने भाडाको रुपमा प्रेसर कुकरलाई छिटो र चिरो र मिठो पकाउनको लागि प्रेसर कुकर निकै उपयोगी पनि हुन्छ । यससँगै प्रेसर कुकरमा खाना पकाउनुको अर्को...

हाम्रो भान्सामा दैनिक जसो केहि न केहि खाने कुराहरु पकाउने गरिन्छ। त्यसमा धेरै प्रयोगमा आउने भाडाको रुपमा प्रेसर कुकरलाई छिटो र चिरो र मिठो पकाउनको लागि प्रेसर कुकर निकै उपयोगी पनि हुन्छ । यससँगै प्रेसर कुकरमा खाना पकाउनुको अर्को फाइदा भनेको, कुनैपनि खानेकुराको पौष्टिक गुण कायम रहन्छ । यद्यपी यो सधै सुरक्षित भने हुँदैन । प्रेसर कुकर विस्फोट हुने संभावना पनि उत्तिकै हुन्छ । त्यसैले यसको प्रयोग गर्दा धेरै कुरामा ध्यान पुर्‍याउनु पर्छ ।

जबरजस्ती नखोलौं

प्रेसर कुकरमा खानेकुरा पकाइरहँदा यसमा बाफ बन्छ । जब हामी ग्यास चुल्हो बन्द गर्छौ, त्यसपछि पनि कुकरभित्रको वाफको चाप रहिरहन्छ । बाफको चाप रहेकै बखत कतिपयले हतार हतार कुकरको बिर्को खोलिदिन्छ । यस्तो गल्ती गर्दा कुकरमा उम्लिरहेको खानेकुरा बाफको चापसँगै आफ्नो अनुहारमा आउन सक्छ । त्यसैले बाफ निस्किसकेपछि मात्र बिर्को खोल्नुपर्छ ।

पानी बिना कुकरको प्रयोग

कति खानेकुरा उसिनेर खानका लागि कुकरमा पानीको साटो घिउ वा तेल प्रयोग गर्छन् । यद्यपी कुकरमा खानेकुरा पकाउँदा पानी हाल्नैपर्छ । साथै त्यती धेरै पानी पनि प्रयोग गर्नुहुन्न, जो बिर्कोसम्म आइपुग्छ । किनभने कुकरमा बाफ जम्मा हुनका लागि पनि ठाँउ चाहिन्छ ।

पुरानो प्रेसर कुकर

धेरै पुरानो भइसकेको प्रेसर कुकर प्रयोग गर्नु खतरनाक हुनसक्छ । कुकर प्रयोग गर्नुअघि त्यसको अवस्था जाँच गर्नैपर्छ ।

कसरी बन्द गर्ने ?

कुकरलाई जहिले पनि सहि ढंगले बन्द गर्नुपर्छ, जसले गर्दा ठीकसँग बाफ जम्मा हुन पाउँछ । र बन्द गरिसके पछि जहिले पनि प्रेसर कुकरको समाउने भाग सुरक्षीत स्थानतिर फर्काएर राख्नुहोस किनकी प्रेसर कुकर जता समाउने भाग हुन्छ, पड्कदा सोही दिशा जाने सम्भावना एकदमै बढी हुन्छ ।

हरेक कुरा उमाल्नु हुँदैन

कतिपयले प्रेसर कुकरमा जे पनि उमाल्ने गर्छन् । जबकी हरेक चिजको आफ्नो रुप र पाक्नका लागि आफ्नै तरिका हुन्छ । कुकरमा अन्न र केहि सब्जी उमाल्न सकिन्छ तर, सबै कुरा उमाल्नु हुँदैन ।

प्याज लसुन भुट्ने

प्रेसर कुकरमा तरकारी पकाउने क्रममा कतिले त्यसमै तेल तताएर प्याज, लसुन भुट्ने गर्छन् । यसले गर्दा खास स्वाद आउँदैन । कुकरमा नभई अलग्गै फ्राइङ प्यानमा प्याज, लसुन भुटेर प्रयोग गर्नु राम्रो हो ।

प्रकाशित मिति २०७५ फाल्गुण १० गते शुक्रबार ०४:१२
प्रतिक्रिया दिनुहोस