हुम्ला, सिमकोट: चंखेली गाउँपालिका-२, मेखाला गाउँमा शनिबार आगोलागिबाट १३ खर्क जलेर नष्ट भएका छन्। गोठालो गएका बालबालिकाहरुले बालेको आगो सल्केर मेखालाको औलमा रहेका खरले छाएका खर्क पूर्ण रुपमा जलेको मेखालाका स्थानीय धनबहादुर ऐडीले जानकारी दिए। 

आगिलागिबाट खाद्यान्न, लत्ताकपडा र भाँडाकुँडा सबै जलेको स्थानीय पिप्लाङ प्रहरी चौकीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ। गाईवस्तु र खर्कमा बस्ने ग्वाला सबै वनमा गएको बेला आगलागी भएकाले कुनै मानविय र चौपायाको क्षति भएको छैन। आगोले पुस, माघ र फागुन महिनासम्मका लागी भण्डारण गरी राखिएको सबै घाँस जलेर नष्ट भएपछि समस्या भएको उनले बताए। 

आगलागीबाट धन बहादुर ऐडी, ज्ञाने तामाङ, गोपाल ऐडी, पाल्सरी तामाङलगायत १३ जनाको खरले छाएका खर्क र घाँस जलेको छ।