काठमाडौं । प्रधानमन्त्री ओली शनिबारबाट ६८ वर्ष लाग्नु भएको छ । २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मिनु भएका ओलीले आफ्नो जन्मोत्सवको उपलक्ष्यमा आँपको विरुवा रोप्नुभएको छ ।

बालुवाटार परिसरमा प्रधानमन्त्री ओलीले स्थानीय नर्सरीबाट ल्याएको बिरुवा रोपेका हुन्। यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको बिरुवा रोप्नुभयो।

प्रधानमन्त्री ओलीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ,अभिनेत्री जया प्रदा लगायतले शुभकामना दिए। प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मेका हुन्। जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाउनु भएको थियो ।