इन्जिनियरिङ परीक्षामा अभिनेत्री ‘सन्नी लियोनी’को नाम शीर्ष स्थानमा निष्केपछी तहल्का मच्चियो

इन्जिनियरिङ परीक्षामा अभिनेत्री ‘सन्नी लियोनी’को नाम शीर्ष स्थानमा निष्केपछी तहल्का मच्चियो

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण ११ गते शनिवार १०:१०

बिहारमा जुनियर इन्जिनियरिङ परीक्षामा ‘सन्नी लियोनी’ ले शीर्ष स्थान हासिल गरेकी छिन् । तर यी अभिनेत्री सन्नी लियोनी भने होइनन् । टाइम्स अफ इन्डियाका अनुसार कसैले ठट्टा गर्दै यो नामबाट आवेदन दिएका थिए । आधिकारिक वेबसाइटमा जारी...

बिहारमा जुनियर इन्जिनियरिङ परीक्षामा ‘सन्नी लियोनी’ ले शीर्ष स्थान हासिल गरेकी छिन् । तर यी अभिनेत्री सन्नी लियोनी भने होइनन् ।

टाइम्स अफ इन्डियाका अनुसार कसैले ठट्टा गर्दै यो नामबाट आवेदन दिएका थिए । आधिकारिक वेबसाइटमा जारी गरिएको ड्राफ्ट मेरिट लिस्टमा सन्नी लियोनीको नाम पहिलो स्थानमा छ । यस्तै तेस्रो स्थानमा पर्ने व्यक्तिको नाम वेबसाइटमा bvxzbnnb छ ।

बिहारको पब्लिक हेल्थ इन्जिनियरिङ डिपार्टमेन्टका अनुसार यो सूची सिस्टम जेनेरेटेड हो र अन्तिम सूचीमा यो सुधारिनेछ । विभागले अनुसार अनलाइन आवेदन सुविधाको दुरुपयोग गर्ने व्यक्रिमाथि कडा कारवाही हुने बताएको छ ।


सोसल मिडियामा यो खबर भाइरल भएपछि सन्नी लियोनीले पनि ट्वीट गरेर यसमा चासो देखाएकी छिन् । उनले ट्वीट गरिन्, ‘हाहा, दोस्री सन्नीले यति राम्रो अंक प्राप्त गरेकोमा म निकै खुसी छु ।’



एजेन्सी

प्रकाशित मिति २०७५ फाल्गुण ११ गते शनिवार १०:१०
प्रतिक्रिया दिनुहोस