भारतमा पार्किङ गरेको ३०० कार जल्यो, हेर्नुहोस भयानक तस्बिरहरु

भारतमा पार्किङ गरेको ३०० कार जल्यो, हेर्नुहोस भयानक तस्बिरहरु

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण ११ गते शनिवार १२:१९

काठमाडौँ — भारतको बैङलुरुमा 'एरो इन्डिया शो' को पार्किङमा शनिबार आगलागी भएको छ । आगलागीबाट ३ सयवटा कार जलेर नष्ट भएको छ । 'शो' हेर्नका लागि आएका ब्यक्तिहरुले पार्किङ गरेको ठाउँमा अचानक आगलागी भएको थियो । एलंगा हवाइ अड्डा नजिकै...

काठमाडौँ — भारतको बैङलुरुमा ‘एरो इन्डिया शो’ को पार्किङमा शनिबार आगलागी भएको छ । आगलागीबाट ३ सयवटा कार जलेर नष्ट भएको छ । ‘शो’ हेर्नका लागि आएका ब्यक्तिहरुले पार्किङ गरेको ठाउँमा अचानक आगलागी भएको थियो ।

एलंगा हवाइ अड्डा नजिकै खुल्ला पार्किङ स्थलमा आगलागी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। आगलागीका कारण खुल्न सकिरहेको छैन। आगलागीका कारण ‘शो’ प्रभावित भएको छ। आगो नियन्त्रणका लागि अग्नी नियन्त्रकहरुलाई परिचालन गरिएको थियो।

आगलागीबाट कुनै पनि विमानमा क्षति नभएको बताइएको छ। अग्नि नियन्त्रक कार्यालयका डीजीपी एमएन रेड्डीले ३ सय वटा कार जलेको ट्विट गर्दै जानकारी दिएका छन्। आगो पूर्ण रुपमा नियन्त्रणमा आएको छ।

‘एरो इन्डिया शो’ को पार्किङमा भएको आगलागीको दृश्य
‘एरो इन्डिया’ एयरपोर्टमा भएको आगलागीको दृश्य
‘एरो इन्डिया शो’ को पार्किङमा भएको आगलागी
‘एरो इन्डिया शो’ को पार्किङमा भएको आगलागी
आगो नियन्त्रण गर्दै अग्नि नियन्त्रक
आगो नियन्त्रण आएपछी ‘एरो इन्डिया शो’ को पार्किङ
आगो नियन्त्रण आएपछि ‘एरो इन्डिया शो’ को पार्किङ
प्रकाशित मिति २०७५ फाल्गुण ११ गते शनिवार १२:१९
प्रतिक्रिया दिनुहोस