प्रदेश ५ का नगर र गाउँपालिका प्रमुखहरुले आफूलाई सुविधा सम्पन्न गाडी खरिद गर्ने होडवाजी चलिरहेका बेला गुल्मीको मदाने गाउँपालिकाले भने गाडी खरिद गर्न छुट्टाएको रकमले जनताको स्वास्थ्यमा सरल पहुँच पुर्याउने उद्देश्यका साथ एम्वुलेन्स खरिद गरिद गरेको छ। मदाने गाउँपालिका प्रमुख दानबहादुर केसी (खत्री) ले यस्तो उदाहणीय कार्य गरेका हुन् ।

‘गत बर्ष प्रमुख केसीलाई गाडी किन्न रकम छुट्ट्याएका थियौं’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले भने, ‘उहाँले मान्नु भएन , विकट गाउँका जनता विरामी पर्दा तत्काल उपचार पाउन सकेको छैनन् ।

उनीहरुलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउन एम्बुलेन्स किनौं भन्नु भयो र यसै हप्ता दुई वटा एम्वुलेन्स गरि यहाँको विकट गाउँ बाँझकटेरी र सिर्सेनीमा सञ्चालनमा ल्याएका छौं ।’ मदाने गाउँपालिका २ बाँझकटरी र वडा नम्वर ३ सिर्सेनीमा सञ्चालनमा ल्याइएको  दुई वटा एम्वुलेन्सको मूल्य   २१ लाख १४ हजार रहेको छ । एम्वुलेन्स सेवा सञ्चालनमा आएपछि गाउँवासीले तत्काल सुविधा प्राप्त गर्न पाउँदा  खुशी भएका छन् ।

 गाउँपालिका प्रमुख केसीले  यातायात सुविधा नपुगेका गाउँमा ७५ किलोमिटर नयाँ मोटर बाटो खनेर सुविधा समेत प्रदान गरेका छन् ।

स्रोत: सिम्पल अन्लाईन डट कम