जापानका १ मन्त्री बैठकमा ३ मिनेट ढिलो पुग्नाले बिपक्षी द्वारा बिरोध, माफी मागेपछी मात्र बैठक संचालन

जापानका १ मन्त्री बैठकमा ३ मिनेट ढिलो पुग्नाले बिपक्षी द्वारा बिरोध, माफी मागेपछी मात्र बैठक संचालन

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण १२ गते आईतबार ०६:२८

नेपालका प्रधानमन्त्री, मन्त्री वा राजनीतिक दलका अधिकांश नेताहरु समयमा कार्यक्रमस्थल पुग्दैनन् । सभा, सम्मेलन, बैठक वा कुनै सार्वजनिक कार्यक्रममा नेताहरुलाई घण्टौं कुर्नुपर्ने विषय नेपालमा सामान्य बनिसकेको छ । तर, जापानका एक...

नेपालका प्रधानमन्त्री, मन्त्री वा राजनीतिक दलका अधिकांश नेताहरु समयमा कार्यक्रमस्थल पुग्दैनन् । सभा, सम्मेलन, बैठक वा कुनै सार्वजनिक कार्यक्रममा नेताहरुलाई घण्टौं कुर्नुपर्ने विषय नेपालमा सामान्य बनिसकेको छ । तर, जापानका एक मन्त्रीले तीन मिनेट ढिलो कार्यक्रममा पुगेको कारण विरोधको सामना मात्र गर्नुपरेन, क्षमासमेत माग्नु परेको छ ।

जापानका ओलम्पिक्स मामिलासम्बन्धी मन्त्री योशीताका साकुरादा संसदीय बैठकमा तीन मिनेट ढिलो पुगेका थिए । बैठकमा ढिलो आएर अपमान गरेको भन्दै विपक्षी सांसदहरुले पाँच घण्टासम्म बैठक बहिस्कार गरिदिए । त्यसपछि मन्त्री योशीताका साकुरादाले क्षमा मागे ।


जापानमा पूर्वनिर्धारित समयभन्दा ढिलो पुग्नु राम्रो मानिँदैन । सन् २०१८ को अक्टोबर महिनामा मन्त्री नियुक्त योशीताका कार्यक्रममा ढिलो पुग्ने र जथाभाबी बोल्ने गरेका कारण आलोचित छन् ।
जापानमा उनको योग्यताबारे आसाही सिम्बुन पत्रिकाले मत सर्वेक्षण पनि गरेको थियो । सर्वेक्षणमा उनको पक्षमा १३ र विपक्षमा ६५ प्रतिशत मत परेको नतिजा सार्वजनिक भएको थियो ।
दोस्रो विश्व युद्धताका जापानी सैनिकलाई मनोरञ्जन गराउन बाध्य पारिएका महिलाहरूलाई ‘व्यावसायिक वेश्या’को संज्ञा दिएपछि उनी निकै आलोचित भएका थिए ।


साइबर सुरक्षा मामिलाको समेत जिम्मेवारी सम्हालेका उनले आफूले कहिल्यै कम्प्युटर नचलाउने र सधैं कर्मचारीको सहयोग लिने गरेको बताउँदा पनि आलोचना भएको थियो ।
पछिल्लो पटक ल्यूकेमिया रोगबाट पीडित जापानकी पौडी खेलाडी रिकाको इकीको विषयमा दिएको अभिव्यक्तिमा पनि उनको आलोचना भएको थियो । रिकाको इकीलाई ल्यूकेमिया रोग लागेको खुलासा भएपछि मन्त्री योशीताकाले भनेका थिए, ‘उनीप्रति हाम्रो ठूलो आशा थियो, म निराश भएको छु ।’

प्रकाशित मिति २०७५ फाल्गुण १२ गते आईतबार ०६:२८
प्रतिक्रिया दिनुहोस