नेपाल सरकारले नयां मुलुकी देवानी संहिता लागु गरेको छ । तर धेरै मानिसहरुलाई नयां मुलुकी ऐनबारे जानकारी नै छैन । कतिपय कुराहरु सुनेका छौ, तर ति केहि गलत सुन्नमा आउछ ।

अहिलेको माहोल यति फरक बनेको छ कि धेरै ब्यक्तिहरु अरुका कुरा सुनेर लहलहैमा लाग्ने गरेको पाईन्छ । सामाजिक संजाल र आधुनिक प्रबिधिमा झनै यसको प्रभाव देख्न सकिन्छ । सामाजिक संजाल र आधुनिक प्रबिधिहरुमा देखिएका गलत प्रबृत्तिको देखासिकी र प्रभावले गर्दा अनेकौ बिकृतिहरु फैलिएको छ । जस्तै : बलात्कार गर्ने, यौनजन्य हिसामा सहभागि हुने, आबेशमा आएर झै झगडा गर्ने, पर स्त्री तथा पर पुरुष संग लाग्ने, छिट्टै भागी बिबाह गर्ने, सम्बन्ध बिच्छेद गर्ने जस्ता गतिबिधिहरु बढेको देख्न सकिन्छ । आज बिबाह र सम्बन्ध बिच्छेद सम्बन्धि जानकारी गराउनेछौ ।

बिबाह सम्बन्धि बिषयमा उजुरी परेको खण्डमा यि यस्ता विषयमा संलग्न व्यक्तिहरुलाई यस्तो कारबाही हुन्छ, उजुरी गर्नको लागि कसुर भएको ३ महिना नाघेपछी उजुरी लाग्ने छैन।

१. केटा वा केटीको उमेर २० बर्ष भन्दा कम रहदा बिबाह गरेमा बिबाह नै बदर हुनेछ अर्थात त्यो बिबाह मान्य हुने छैन । साथै ३ बर्षसम्म कैद र ३ हजार सम्म जरिवाना हुनेछ ।
२. बिबाह गर्ने व्यक्तिको मन्जुरी बिना कसैले कसैलाई बिबाह गर्न वा गराउन खोजेमा २ बर्षसम्म कैद र २० हजार सम्म जरिवाना हुनेछ ।

३. हाडनाता करणीमा सजाय हुने नातामा बिबाह गरेमा, थाहा नपाई भएको रहेछ भने बिबाह बदर हुनेछ । यदी जानीजानी भएको रहेछ भने हाडनाता करणीको कसुर गराउनेलाई १ महिना कैद र ३ हजार सम्म जरिवाना हुनेछ ।
४. आफ्नो परम्परा अनुसारका उपहार दक्षिणा बाहेक बिबाह गर्ने दुलाहा तथा दुलहीका तर्फबाट कुनै सम्पत्ति लेनदेन सर्त राखी बिबाह गरेमा ५ बर्षसम्म कैद र ५० हजार सम्म जरिवाना हुनेछ ।
५. बिबाहित पुरुष वा महिलाले बैबाहिक सम्बन्ध कायम रहेको अबस्थामा अर्को बिबाह गरेमा १ बर्ष देखि ५ बर्षसम्म कैद र १० हजार देखि ५० हजार सम्म जरिवाना हुनेछ र सम्पत्ति पनि लगेको छ भने सम्पत्ति लगेको ठहरेमा सो बराबर फिर्ता गर्नुपर्नेछ ।

यि यस्ता कुराहरु ढाटेर छलेर झुक्याई बिबाह गरेमा, बिबाह पश्चात थाहा पाई उजुरी परेमा स्वत विवाह बदर हुनेछ ।

  • एच.आई.भि. हेपाटाइटीस बि जस्ता कडा रोग लागेको थाहा भएमा
  • गर्भवति भएको
  • बिबाह भैसकेको
  • होस ठेगानमा नरहेको
  • यौन अंग नभएको नपुसक भएको सन्तान उत्पादन गर्न नसक्ने भई प्रमाणित भएमा
  • पुर्ण रुपमा बोल्न वा सुन्न नसक्ने पुर्ण रुपमा दृष्टिबिहिन वा कुष्ठ रोगी भएको
  • नैतिक रुपमा फौजदारी अभियोगमा कसुरदार ठहरी अदालतमा सजाय भएको

सम्बन्ध बिच्छेद हुने आधारहरु

दुबैको मन्जुरीमा जहिले पनि सम्बन्ध बिच्छेद हुन सक्छ ।

पतिले सम्बन्ध बिच्छेद गर्नको लागि निम्न आधारहरु हुनुपर्दछ ।

१. पतिको मन्जुरी नलिई लगातार ३ बर्ष वा सो भन्दा बढी समय अलग बसेमा
२. घरबाट निकाला गरेमा
३. शारीरिक वा मानसिक कष्ट दिएमा
४. पत्निले अन्य पुरुषसंग यौन सम्बन्ध राखेमा

पत्निले सम्बन्ध बिच्छेद गर्नको लागि निम्न आधारहरु हुनुपर्दछ ।

१. पत्निको मन्जुरी नलिई लगातार ३ बर्ष वा सो भन्दा बढी समय अलग बसेमा
२. घरबाट निकाला गरेमा
३. शारिरिक वा मानसिक कष्ट दिएमा
४. पतिले अन्य महिलासंग यौन सम्बन्ध राखेमा
५. पतिले अर्को बिबाह गरेमा
६. पतिले पत्निलाई जर्वजस्ती करणी गरेको ठहरेमा

पतिको कारणबाट सम्बन्ध बिच्छेद भए अंश भराउनुपर्ने तर पत्निको कारणबाट भए नपर्ने

पति र पत्नि दुबैको मन्जुरीमा सम्बन्धबिच्छेद गर्न चाहेमा जहिले पनि सम्बन्ध बिच्छेद हुने तर पत्नि वा पति कुनै एकले सम्बन्ध बिच्छेद गर्न चाहेमा उजुरी परेको १ बर्ष पुगेपछि मात्र सम्बन्ध बिच्छेद हुने ।