रुकुम -रुकुम पुर्वकोे एक विद्यालयका विद्यार्थीहरु एकै पटक बिरामी परेका छन् । जिल्लाको पुथा उत्तरगङ्गा गाउँपालिका–६ मयाङको जनजागृत आधारभूत स्कुलका ३७ जना विद्यार्थी एकैपटक बिरामी परेका हुन् ।

आईतबार बिहान विद्यालयमा प्राथना गरिरहेका विद्यार्थीमा एक्कासि टाउको दुख्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, वान्ता हुनेजस्ता लक्षण देखिएपछि एकाएक बिरामी परेको बिद्य्यालयका प्रधानाध्यापक चेतकुमार सेनले बताउनुभयो ।

बिहीबारबाटै एक\दुईजनामा यस्तो समस्या देखिएको तर शनिबार ठूलो सङ्ख्यामा विद्यार्थी बिरामी भएको उहाँले बताउनुभयो । उनीहरु यसरी बिरामी परेनि नजिकै स्वास्थ्य चौकी नभएको कारण उपचारमा समस्या परेको बिद्यालयले जनाएको छ । बिद्यालयमा जम्मा ७९ जना बिद्यायार्थी अध्यानरत छन् ।

स्रोत : न्युज २४ टिभी नेपाल