हेलि लेन: अब राष्ट्रपति निवासमाथी हवाईजहाज उडाउन नपाउने, २ नयाँ रुट थपियो

हेलि लेन: अब राष्ट्रपति निवासमाथी हवाईजहाज उडाउन नपाउने, २ नयाँ रुट थपियो

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण १३ गते सोमबार ०२:०२

काठमाडौ‌‌‌ । काठमाडौँ उपत्यकाको सुरक्षा संवेदनशीलतालाई विचार गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँबाट बाहिरिने र भित्रिने हेलिकोप्टर उडानका लागि ‘हेली लेन’ कार्यान्वयनमा ल्याएको छ। ‘हेली लेन’ कार्यान्वयनसँगै...

काठमाडौ‌‌‌ । काठमाडौँ उपत्यकाको सुरक्षा संवेदनशीलतालाई विचार गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले काठमाडौँबाट बाहिरिने र भित्रिने हेलिकोप्टर उडानका लागि ‘हेली लेन’ कार्यान्वयनमा ल्याएको छ।

‘हेली लेन’ कार्यान्वयनसँगै राष्ट्रपति भवन र भक्तपुर गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारण स्थलमाथिबाट हेलिकोप्टर उडान गर्न पाइने छैन भने तोकिएको उचाईमा मात्र हवाइजहाजको उडान गर्न पाइने छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी त्रिलोचन पौडेलले राष्ट्रपति भवन र भक्तपुरको गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारणको माथिबाट हेलिकोप्टर उडान नगर्ने गरी ‘हेली लेन’ कार्यान्वयनमा ल्याइएको जानकारी दिए।

सरकारले राष्ट्रपति भवन र गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारण स्थललाई सुरक्षा दृष्टिकोणले काठमाडौँ उपत्यकाको प्रमुख संवेदनशील स्थलको रूपमा सूचीकृत गरेको छ। उनले ‘हेली लेन’ को कार्यान्वयनसँगै राष्ट्रपति कार्यालय, शीतल निवासभन्दा एकहजार फिट माथि हवाईजहाज उडाउन पाइने, तर हेलिकोप्टर कुनै पनि उचाईमा उडान गर्न नपाइने जानकारी दिए।

त्यसैगरी, गठ्ठाघरस्थित नेपाली सेनाको हातहतियार भण्डारण स्थलभन्दा एक हजार पाँचसय फिटमाथि हवाईजहाज उडाउन गर्न पाइन्छ भने हेलिकोप्टर कुनै पनि उचाईमा उडान गर्न नपाइने खबर आजकाे गाेरखापत्रमा छ।

पाैडेलले राष्ट्रपति कार्यालय र नेपाली सेनाको हातहतियार भण्डारण स्थल बाहेकका हवाइ रुटलाई यथावत राखिएको बताउँदै काठमाडौंबाट बाहिरिने हेलिकोप्टरका लागि उपत्यकाको पूर्वमा साँगा र नालामाथिको दुईवटा रुट थप गरिएको जानकारी समेत दिए ।

प्रकाशित मिति २०७५ फाल्गुण १३ गते सोमबार ०२:०२
प्रतिक्रिया दिनुहोस