काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा बादलले आफ्नो एक वर्षे कार्यकालमा महत्त्वपूर्ण १० वटा उपलब्धि भएको दाबी गरेका छन् । गृहमन्त्रीको सचिवालयले सोमबार सार्वजनिक गरेको एक वर्षे प्रगति विवरणमा १० वटा प्रमुख उपलब्धि गर्न सफल भएको भनिएको छ ।


 

गृहमन्त्री थापाले एक वर्षे कार्यकालका क्रममा गृहमन्त्रालयसम्बद्ध विभिन्न २४ वटा कानुन बनाउन सफल भएको दाबी गरेका छन् । थापाले प्रमुख उपलब्धिमा मापदण्डविपरित विभिन्न उच्च पदस्थ र नेताहरुको सुरक्षामा खटिएका २ सय ७५ जना सुरक्षाकर्मीलाई फिर्ता गरी नियमित सुरक्षाकार्यमा लगाइएकोलाई पनि प्रमुख उपलब्धि भनेका छन् । 

सुन तस्करीका ठुला माछा समात्न नसकेको आलोचना भइरहेका बेला गृहमन्त्री थापाले यसलाई पनि आफ्नो कार्यकालको उपलब्धि भनेका छन् । गृहमन्त्री थापाले सुन तस्करी प्रकरणमा मुछिएका ७५ जना प्रतिवादीमध्ये ४६ जनालाई पक्राउ गरी मुद्दा चलाइएको पनि जनाएका छन् । यो प्रकरणमा ३६ जनाको चलअचल सम्पत्ति रोक्का गरिएको एक वर्षे उपलब्धि विवरणमा उल्लेख छ । 

यी हुन् गृहमन्त्रीका उपलब्धि
१)   यस  वर्ष  विभिन्न  २४  वटा  कानुन  तर्जुमा  गर्ने  लक्ष्य  रहेकोमा  २ वटा   कानूनहरू तर्जुमा गर्ने कार्य सम्पन्न भएको ।
२)   मापदण्ड विपरीत विभिन्न व्यक्तिह?को सुरक्षार्थ खटिएका २ सय ७५ जना सुरक्षाकर्मी फिर्ता गरी सुरक्षा कार्यमा लगाइएको छ ।

३)   महिला बालबालिका सम्बन्धि छुट्टै अपराध तथा अनुसन्धानको लागि १४  वटा  भवन  निर्माण  सम्पन्न  भएको  ।  साथै  जबरजस्ती  करणी अपराधका  घटनाहरुमध्ये  ९५%  घटनाहरूको  सफल  अनुसन्धान गरिएको ।
४)  अवैध  सुन  तस्करी  र  संगठित  अपराधको  सन्जाल  नियन्त्रणमा सफलता  प्राप्त  भएको  छ  ।  सुन  तस्करीमा  संलग्न  ७५  जना प्रतिवादी  मध्ये  ४६  जना  पक्राऊ  परेका,  ३!  जना  फरार  रहेका  र ३४ जनालाई अदालतबाट पुर्पक्षको लागि थुनामा पठाइएको छ । ३६ जना अभियुक्तहरूको चलअचल सम्पत्ति रोक्का गरिएको छ ।

५)   यातयात क्षेत्रमा रहेको लामो समयसम्मको सिण्डिकेटको अन्त्य गर्न यातयात सम्बन्धि संघसंस्थाह? नवीकरण गर्ने कार्य बन्द गरिएको । राजमार्गमा हुने अवरोध हटाउन सुरक्षा कारवाहीको कार्यविधि तयार गरी  ७७  वटै  जिल्लामा  लागू  गरिएको  छ  साथै  यस  अवधिमा राजमार्गमा यातयात सेवा सञ्चालनमा अवरोध आएको छैन ।

६) विपद् व्यवस्थापनको पूर्व तयारी, खोज उद्धार, राहत र पुर्नस्थापनाको कार्य प्रभावकारी रुपमा संचालन गरिएको छ । प्रत्येक प्रदेशमा १२५/१२५ जनाको विपद् व्यवस्थापन गुल्म स्थापना गर्ने लक्ष्य गृह प्रशासन सञ्चालनको एक वर्षमा हासिल भएका मुख्य मुख्य उपलब्धीहरु रहेकोमा नेपाल प्रहरी तर्फ ७ वटै प्रदेशमा गरी विपद् व्यवस्थापन कार्यदलमा ५१७ जनशक्ति खटिएको । सशस्त्र प्रहरी बल तर्फ प्रत्येक यूनिटमा ५०/५० जनाको टोली खटिएको । शीतलहरबाट नागरिकलाई जोगाउनका लागि पूर्व तयारी गरी तराई र हिमाली जिल्लामा समयमै न्यानो कपडा वितरण गरिएको हुँदा चिसोका कारणले मानवीय क्षती भएको छैन ।

७) पाँचथर जिल्लाका १ लाख १० हजार नागरिक र सिंहदरवार भित्रका ७ हजार कर्मचारीहरुलाई राष्ट्रिय परिचयपत्र उपलव्ध गराउने कार्य सुरु गरिएको छ ।
८) सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग कार्यसम्पादन सम्झौता गरी कार्यान्वयनमा ल्याइएको छ । प्रमुख जिल्ला अधिकारीको
कार्यसम्पादनको मूल्याङ्कन सोही आधारमा हुने व्यवस्था मिलाइएको छ ।

९)मुलुकको संघीय संरचना अनुरुप सबै स्थानीय तहमा शान्ति सुरक्षा कायम गर्न नेपाल प्रहरीको पहुँचलाई ७५३ स्थानीय तहमा विस्तार
गरी सम्पूर्ण स्थानीय तहमा नेपाल प्रहरीको उपस्थितिको व्यवस्था मिलाई सकिएको छ र विगतको तुलनामा यस अवधिमा प्रहरी गतिशीलतामा १३.१५% ले वृद्धि भएको छ । सशस्त्र प्रहरी बल नेपालको सीमा सुरक्षातर्फ १० वटा थप वोर्डर आउटपोष्ट सहित ५६ वटा नयाँ एकाइहरु स्थापना गरिएको छ ।

१०) विदेशी नागरिक अनुगमन निर्देशिका कार्यान्वयनमा ल्याइएको छ । बिद्युतीय टोकन प्रणाली मार्फत प्रवेशाज्ञा वितरण सेवा सुरु गरिएको छ । नेपाल र संयुक्त राज्य अमेरीकावीच पारस्परिकताका आधारमा बहुवर्षीय प्रवेशाज्ञा उपलव्ध गराउने व्यवस्था मिलाइएको छ । अध्यागमनको आधुनिकरण र व्यवस्थित गर्ने कार्य प्रारम्भ गरिएको छ ।