चर्चामा आउन अनेक उपाय

चर्चामा आउन अनेक उपाय

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण १४ गते मङ्गलबार ०५:१७

सामाजिक सञ्जालमा भाइरल हुन मानिसहरूले अनेक उपाय अपनाइरहेका छन् । यस क्रममा अधिकांश व्यक्ति आफ्नो प्रतिभाका कारण नै सामाजिक सञ्जालमा भाइरल भएका देखिन्छन् । शारीरिक बनौटका साथै प्रतिभाका कारण पनि कतिपय व्यक्ति चर्चामा  छन्। यिनैमध्येको...

सामाजिक सञ्जालमा भाइरल हुन मानिसहरूले अनेक उपाय अपनाइरहेका छन् । यस क्रममा अधिकांश व्यक्ति आफ्नो प्रतिभाका कारण नै सामाजिक सञ्जालमा भाइरल भएका देखिन्छन् । शारीरिक बनौटका साथै प्रतिभाका कारण पनि कतिपय व्यक्ति चर्चामा  छन्।

यिनैमध्येको एक जोडी हो— बखत विष्ट र प्रतिभा चौधरीको । उनीहरूको जोडीले अहिले सामाजिक सञ्जाल तताएको छ । उनीहरूका हरेक भिडियो युट्युबमा अगाडि छन् ।
केही दिनयता सामाजिक सञ्जालमा भाइरल भैरहेका अर्का व्यक्ति हुन्— चितवनका फुर्साङ बोमजन । फरक अनुहारकै कारण उनी चर्चामा छन् । फुर्साङले आफ्नो प्राकृतिक अनुहारलाई मोडिफाई गरेका हुन् । अरूभन्दा फरक देखिन करिब चार महिनाअघिदेखि अनुहार मोडिफाई गर्न थालेका फुसाङले कान, जिब्रो, नाक, गाला, ओठलगायत अनुहारका धेरै भागमा छेडेर मुन्द्रा लगाएका छन् । 

यस्तो भिन्न किसिमको गेटअपले फुर्साङलाई प्रहरी खोरमा समेत पुर्‍याएको छ । आफ्नो यस्तो लुक्सकै कारण आमाले झुन्डिएर मर्नेसम्म धम्की दिएको बताउने फुर्साङले आफूले जीवनमा धेरै गल्ती गरेको र अब त्यस्तो गल्ती नगर्ने भन्दै कुलतमा लागेका युवालाई सही बाटोमा हिँड्न आग्रहसमेत गरेका छन् । 

बखत विष्ट र प्रतिभा चौधरी प्रेम कहानी

यो संसारमा असम्भव भन्ने कुरा केही पनि छैन । हामिले सोचेको भन्दा भिन्न भिन्न कुराहरू यो दुनियाँमा दिनहुँ जसो भैरहेको हुन्छ । कोहि जानाजान चर्चामा आउनलाई नौलो काम गर्छन भने कोहि अन्जानमै चर्चित हुन्छ । नेपालमा हालै यस्तै फरक धारको जोडि चर्चामा आएको छ । यो अचम्मको जोडी मध्येका श्रीमान बच्चा भन्दा पनि सानो छ । कैलाली टिकापुरको बखत विष्ट र प्रतिभा चौधरी प्रेममा छँदा पत्याउने सायदै हुन्थे । तर बखतले प्रतिभालाई मन मात्रै पराएनन् । डेट मात्रै गरेनन् आफ्नी बनाएरै छाडे । अन्तत प्रतिभाले आफ्नो नामको अगाडी अहिले प्रतिभा चौधरी भन्न छाडेर अहिले प्रतिभा विष्ट मात्रै भन्छिन् ।

आफ्ना पतिको नामको थर अगाडी राख्न पाउँदा आँफु धेरै खुशी भएको प्रतिभा बताउँछिन् । बखतले प्रेम प्रस्ताव राखेपछि प्रतिभाले पनि नर्कान नसकेपछि टिकापुरको यो जोडी काठमाडौँ आएर अहिले संघर्ष गरिरहेको छ । बिहे गरेको २ महिनामै परिवारले छुटाएपछी यो जोडि काठमाडौ छिरेको हो । बखत उमेरले २४ लाग्न लागि सके तर उमेर अनुसार ज्यान भने देखिन्न तर उनको श्रीमती प्रतिभा भने जम्मा १८ बर्षमात्र पुगेकी छिन, उनको उचाई चाहि उमेर अनुसार नै देखिन्छ । त्यसैले पनि यो जोडि अहिले चर्चा संगै सबैको रमाइलोको पात्र समेत बनेका छन् । प्रतिभालाई बखतले दिदिको देवरको बिहेको बेला भेटेका थिए ।

सो बिवाहमा यी दुबैले “पर्ख पर्ख मायालु” गीतमा नृत्य गरेको र त्यहिबाट एकअर्कालाई मन पराउन थालेको कुरा एक अन्तरबार्तामा बताएका छन् । त्यहा भेटेपछि करिब ६ महिनाको अफयर चलेको बताउने बखतको यो दोश्रो बिवाह हो भनेर पनि हल्ला चलेको छ । तर उनले यसलाई सो अन्तरबार्तामा प्रष्ट्याएका छन् । पहिलेको अन्तरबार्तामा कसैले रमाईलोको लागि भनेर भन्न लगाएको कुरालाई सबैले साचो सम्झिनु भयो, तर यहि नै आफ्नो पहिलो बिवाह भएको बताएका हुन् । केही समय अघि बखतले आत्महत्या गर्ने प्रयास गरेको पनि बताएका छन् । आफ्नै परिवार भित्रका मान्छेले पनि सानो भनेर हेला गरेपछि अब नबाच्ने भन्दै बाग्मतीमा आत्महत्या गर्न जादा आफुलाई अर्को दाईले बचाएको सुनाए ।

फरक फरक जात, उमेर र उचाईको कारण पनि आफुहरुको सम्बन्धलाई घरपरिवारले छुटाउन दबाब हुने सम्भावना भएकोले दुबैजनाले घर छोडेर काठमाडौ प्रवेश गरेका हुन् । अब यो जोडि तत्काल घर पनि नफर्किने सोच बनाएको छ । काठमाडौमै दुख गरिरहेको यो जोडिका बखतले डान्सबारमा डान्स गर्छन् भने महिनाको त्यस्तै ५/६ हजार कमाई हुने बताउछन् । तर पछिल्लो समय सो काम पनि छोडेको भनेका छन् । यता उनको श्रीमती प्रतिभाले भने ज्याकेट बनाउने ठाउमा काम गरेर महिनाको ६ हजार जति कमाउछन । आफुहरुको कमाईले जेनतेन काठमाडौमा खानलाउन मात्र पुगेको उनिहरुले सुनाए । कलाकार बन्ने लक्ष्य पनि बोकेर हिडेका बखतलाई यतिबेला अफरहरु पनि आउन थालेको छ । केही टेलिफिल्ममा उनले अभिनय गरिसकेका छन भने अरुमा कुरा चलिरहेको छ ।

प्रकाशित मिति २०७५ फाल्गुण १४ गते मङ्गलबार ०५:१७
प्रतिक्रिया दिनुहोस