काठमाण्डौं मलमा सञ्चयकोषले दादागिरी गरेको भन्दै व्यवसायीक वातावरण नभए भोकहड्ताल गर्ने ब्यसायीको चेतावनी

काठमाण्डौं मलमा सञ्चयकोषले दादागिरी गरेको भन्दै व्यवसायीक वातावरण नभए भोकहड्ताल गर्ने ब्यसायीको चेतावनी

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण १४ गते मङ्गलबार १२:३७

काठमाण्डौं– काठमाण्डौं मलका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । मलका व्यवसायीले मल भित्र व्यवसायीक वातावरण नभएको भन्दै आन्दोलनमा उत्रिएका हुन् । काठमाण्डौमा पत्रकार सम्मेलन गरि काठमाण्डौं मलको व्यवसायीक छाता संगठन ‘काठमाण्डौ...

काठमाण्डौं– काठमाण्डौं मलका व्यवसायीहरु आन्दोलनमा उत्रिएका छन् । मलका व्यवसायीले मल भित्र व्यवसायीक वातावरण नभएको भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

काठमाण्डौमा पत्रकार सम्मेलन गरि काठमाण्डौं मलको व्यवसायीक छाता संगठन ‘काठमाण्डौ मल ब्यापार संघ’ले आन्दोलन गर्ने जनाएको छ ।


ब्यापार संघले काठमाण्डौं मलमा बढी चलखेल हुँदा व्यवसायी त्रसित हुन परेको जनाएको छ । संघका अध्यक्ष सुष्मा महराले सञ्चयकोषमा केहि विचौलिया बसेकाले व्यवसायीलाई तर्साउने गतिबिधी गरेको जनाएकी छन् ।


कोषले शिव लक्ष्मी कोजु संगको ठेक्का सम्झौता तोडिएपछि मललाई ‘कर्पोरेट हाउस’ का रुपमा सञ्चालन गर्ने योजना बनाएको छ । तर, मलका व्यवसायीहरुले ३०० व्यपारीलाई सडकमा ल्याउने निर्णय नगर्न कोष चेतावनी दिएका छन् ।


लाखौं÷करोडौं लगानी गरेर व्यवसाय गरिरहेकाहरुलाई कोषले सडकमा ल्याउन खोजेको अध्यक्ष महराको आरोप छ । ‘टेण्डरबाट छानिएको ठेकदारसँग बीचमै ठेक्का तोडिन्छ, मलको आयभन्दा बढी बोलकबोल गरेर ठेकदार छानेपछि समस्या आउँछ नै’, उनले भनिन् ।
बषौं देखी मलमा व्यवसाय गर्दै आएका व्यवसायीलाई कोषले एक्कासी हटाउन नपाउने संघकी अध्यक्ष सुष्मा महराले बताइन् ।
ठेकदारसँगको असन्तुष्टिले कोषले व्यवसायीलाई मर्कामा पार्न नहुने उनको भनाइ छ ।

संघका सल्लाहकार उज्जलजंग शाहाले व्यवसायीको तर्फ बाट सम्बन्धीत निकायमा ज्ञापन पत्र बुझाउने र अझै पनि समस्या समाधानमा पहल नभए काठमाडौं मलमै भोक हडताल गर्ने चेतावनी दिएका छन् ।

प्रकाशित मिति २०७५ फाल्गुण १४ गते मङ्गलबार १२:३७
प्रतिक्रिया दिनुहोस