भारत–पाक गोली हानाहान, ४ पाकिस्तानी मारिए, ५ भारतिय सैनिक घाईते

भारत–पाक गोली हानाहान, ४ पाकिस्तानी मारिए, ५ भारतिय सैनिक घाईते

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण १५ गते बुधबार ०४:१४

काठमाडाैं । कश्मीरको पुलवामामा भएको आतंकवादी हमलाको दुई साता नपुग्दै भारतले पाकिस्तानी भूभागमा मंगलबार बिहानै हमला गर्याे। उक्त हमलाबाट पाकिस्तानले कुनै पनि मानवीय तथा भौतिक क्षति नभएको दावी गरेको छ भने भारतले सयाैं मारिएकाे...

काठमाडाैं । कश्मीरको पुलवामामा भएको आतंकवादी हमलाको दुई साता नपुग्दै भारतले पाकिस्तानी भूभागमा मंगलबार बिहानै हमला गर्याे।

उक्त हमलाबाट पाकिस्तानले कुनै पनि मानवीय तथा भौतिक क्षति नभएको दावी गरेको छ भने भारतले सयाैं मारिएकाे दावी गरेकाे छ । कसैले ४० भन्दा बढी आतङ्ककारी मारिएकाे दावी गरेका छन् भने कसैले ३०० देखि ४०० जनाको मृत्यु भएको दावी गरेका छन्।

मंगलबार ३: ४५ बजे भारतको वायु सेनाले पाकिस्तानी कब्जा रहेको कश्मीरमा रहेका आतंकवादी केम्पहरुमा १२ ओटा मिराज २००० फाइटर जेट विमानबाट बम आक्रमण गरेको थियाे । सेनाले १ हजार किलोको बम हमला गरेको बताइएको छ ।

दुई साता अघि भारतकाे पुलवामामा भएको आतंकारी हमलामा ४० भारतीय सेनाले ज्यान गुमाएको थियो । 

एलओसीमा भारत–पाक गोली हानाहान

भारतीय वायुसेवाले गरेको आक्रमण पछि बढेको भारत पाकिस्तानबीचको तनाव झन चर्किएको छ। भारतले पाकिस्तानको भुमिमा गरेको आक्रमणको पहिलो दिनमै भारतले नियन्त्रित रेखा लाइन अफ कन्ट्रोल दुई पक्षबीच गोली हानाहान भएको छ।

उक्त घटनामा भारतीय सेनाको गोली लागेर चार पाकिस्तानी सर्वसाधारणको मृत्यु भएको हिन्दीले उल्लेख गरेको छ। आक्रमणमा तीन महिला र एक बच्चा मृत्यु भएको जनाइएकाे छ।

भारतले पाकिस्तानले एलओसीमा संघर्ष विराम उल्लंघन गरेको आरोप लगाएको छ भने पाकिस्तानले पनि भारतले नियन्त्रिण रेखा उल्लंघन गरेको जनाएको छ। सो घटनामा भारतीय सेनाका पाँच जवान घाइते भएको भारतले जनाएको छ। 

स्रोत: बिबिसी नेपाली

प्रकाशित मिति २०७५ फाल्गुण १५ गते बुधबार ०४:१४
प्रतिक्रिया दिनुहोस