नायिका प्रियंका कार्कीले आज ३२ औँ जन्मदिन मनाउँदैछिन् । उनी बुबा भुपेन्द्र र आमा रक्षाबाट २०४४ साल फागुन १५ गते काठमाडौँमा जन्मिएकी हुन् । चलचित्र ‘मेरो बेस्ट फ्रेन्ड’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यु गरेकी प्रियंकाले ३ दर्जनभन्दा बढि चलचित्रमा अभिनय गरिसकेकी छिन् । उनले विभिन्न अवार्डहरु पनि जितिसकेकी छिन् ।

कार्कीलाई धेरैले विन्दास नायिकाको रुपमा चिन्छन् । सामाजिक संजालदेखि मिडियामा हुने विभिन्न खालका आलोचनालाई पनि उनी सहजै रुपमा लिन्छिन् र आफ्नो स्टाइल छोड्दिनन् ।

उनै, प्रियंकाले आफ्नो इन्स्टाग्राममा गर्मी महिनामा धेरै प्रकारका तस्बिर पोष्ट गरिन् । त्यसमा सबैभन्दा बढी उनको विकिनी तस्बिर थियो । स्विमिङ पूलमा रमाउँदै गरेकी प्रियंकाले निर्धक्क आफ्ना विभिन्न शैलीका विकिनी तस्बिर पोष्ट गरिन् । सधै नै फ्रेस मुडमा रहने नायिकाको यो शैलीको आलोचना पनि भयो भने धेरैले उनको स्टाइलकको प्रशंसा पनि गरे ।

नायक आयुष्मान देशराज जोशी र नायिका प्रियंका कार्कीको जीवनशैली गज्जबको छ । उनीहरु जे गर्छन्, विन्दास गर्छन् । तर, पनि यो जोडी कहिलेकाही के गर्ने र के नगर्ने भन्ने कुरा छुट्याउन नसक्दा विवादमा पनि पर्छ । तर, यो जोडीले विवादलाई पनि चर्चाको रुपमा नै लिने गरेको छ । हालै नायिका प्रियंका कार्कीले इन्स्टाग्राममा एउटा तस्बिर पोष्ट गरेकी छिन् । तस्बिरमा आयुष्मान र प्रियंका स्विमिङ पूलमा रमाएका छन् ।

प्रियंकाले हरेक कुरामा ब्यालेन्स बनाउन सकेको खण्डमा जिन्दगी खुशी हुने भन्दै फोटोमा क्याप्सन लेखेकी छिन् । प्रियंका र आयुष्मानले स्विमिङ पूलमा रमाएका तस्बिर यसअघि पनि पोष्ट नगरेका होइनन् । तर, अहिले चलचित्र ‘प्रेमदिवस’को छायांकनका लागि यो जोडी पूर्वमा छ । यसैले चर्चा सेलाएपछि चर्चा पाउनका लागि प्रियंकाले यो शैलीको फोटो पोष्ट गरेको हुनुपर्छ ।

तस्बिर न. १
तस्बिर न. २
तस्बिर न. ३
तस्बिर न. ४
तस्बिर न. ५
तस्बिर न. ६
तस्बिर न. ७
तस्बिर न. ८
तस्बिर न. ९
तस्बिर न. १०
तस्बिर न. ११
तस्बिर न. १२
तस्बिर न. १३
तस्बिर न. १४
तस्बिर न. १५
तस्बिर न. १६
तस्बिर न. १७
तस्बिर न. १८
तस्बिर न. १९
तस्बिर न. २०
तस्बिर न. २१
तस्बिर न. २२
तस्बिर न. २३
तस्बिर न. २४
तस्बिर न. २५
तस्बिर न. २६
तस्बिर न. २७
तस्बिर न. २८
तस्बिर न. २९
तस्बिर न. ३०
तस्बिर न. ३१
बाल्यकालका तस्बिर