पाकिस्तानी सेनाले भारतका २ लडाकु विमान खसाल्यो: भारत भन्छ प्राबिधिक गडबडी

पाकिस्तानी सेनाले भारतका २ लडाकु विमान खसाल्यो: भारत भन्छ प्राबिधिक गडबडी

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण १५ गते बुधबार ०७:२४

पाकिस्तानी सेनाले भारतका दुईवटा लडाकु विमानलाई खसालिएको दाबी गरेको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै भारत-पाकिस्तान वायुसीमा नाघेर पाकिस्तानी आकाशमा छिरेका ती भारतीय विमानलाई पाकिस्तानी वायुसेनाले...

पाकिस्तानी सेनाले भारतका दुईवटा लडाकु विमानलाई खसालिएको दाबी गरेको छ। पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले ट्वीट गर्दै भारत-पाकिस्तान वायुसीमा नाघेर पाकिस्तानी आकाशमा छिरेका ती भारतीय विमानलाई पाकिस्तानी वायुसेनाले खसालिदिएको दाबी गरेका हुन्।

उनका अनुसार एक भारतीय विमानचालकलाई पक्राउ गरिएको छ।पाकिस्तानी वायुसेनाले कारबाही गरेपछि एउटा विमान पाकिस्तान प्रशासित कश्मीर र अर्को भारत प्रशासित कश्मीरमा खसेको उनले दाबी गरे। भारतीय सञ्चारमाध्यमहरूले भारतीय वायुसेनाका ती विमानमा प्राविधिक समस्या भएको र पाकिस्तानले दाबी गरेजस्तो नभएको जनाएका छन्।

सो आक्रमणमा लडाकुहरूको शिविर ध्वस्त भएको र धेरै जना मारिएको भारतको दाबी छ। फेब्रुअरी १४ मा भारत प्रशासित कश्मीरको पुलवामामा भएको आत्मघाती आक्रमणपछि भारत र पाकिस्तानबीच सम्बन्ध बिग्रिएको छ।

भारतीय सुरक्षाकर्मीहरूलाई लक्ष्य गरिएको सो आक्रमणमा पाकिस्तान संलग्न भएको आरोप भारतको छ। तर पाकिस्तानले त्यसको खण्डन गर्ने गरेको छ।

पाकिस्तानी सेना प्रबक्ताको ट्विट

टाईम्स अफ ईन्डियाको समाचार

प्रकाशित मिति २०७५ फाल्गुण १५ गते बुधबार ०७:२४
प्रतिक्रिया दिनुहोस