१२ बर्ष पछि ताप्लेजुङमा नै हाई प्रोफाईल सवार हेलिकप्टर दुर्घटना, हेर्नुहोस को को थिए त्यो समयमा

१२ बर्ष पछि ताप्लेजुङमा नै हाई प्रोफाईल सवार हेलिकप्टर दुर्घटना, हेर्नुहोस को को थिए त्यो समयमा

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण १५ गते बुधबार ०१:३२

काठमाडौं । ताप्लेजुङमा १२ वर्षपछि फेरि उच्च पदस्थ व्यक्ति सवार हेलिकोप्टर दुर्घटना भएको छ। १२ वर्ष अगाडि ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा तत्कालिन वन तथा भूसंरक्षणमन्त्री गोपाल राई र प्रख्यात विद्वान डा. हर्क...

काठमाडौं । ताप्लेजुङमा १२ वर्षपछि फेरि उच्च पदस्थ व्यक्ति सवार हेलिकोप्टर दुर्घटना भएको छ। १२ वर्ष अगाडि ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा तत्कालिन वन तथा भूसंरक्षणमन्त्री गोपाल राई र प्रख्यात विद्वान डा. हर्क गुरुङसहित २० जना प्यासेन्जर र ४ चालकदल सहित २४ जनाको निधन भएको थियो। जसमध्ये ५ बिदेशी नागरिक थिए । त्यसबेला विश्व वन्यजन्तु कोष डब्लू डब्लू एफ चार्टर्ड हेलिकप्टर दुर्घटनामा परेको थियो ।

सो दुर्घटनामा परेर वातावरण वन र वन्यजन्तु विषयका विज्ञहरूलाई देशले गुमाएको थियो। दुर्घटनामा तत्कालीन वन तथा भु-संरक्षण राज्य मन्त्री गोपाल राई, राईकी श्रीमती मीना राई, भूगोल तथा योजनाविद् डा. हर्क गुरुङ, संरक्षणविद् डा. तीर्थमान मास्के, वन तथा भू संरक्षण मन्त्रालयका तत्कालीन सचिव डा दामोदार प्रसाद पराजुली, राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु विभागका महानिर्देशक नारायण पौडेलको निधन भएको थियो ।

त्यस्तै विश्व वन्यजन्तु कोष नेपालका प्रतिनिधि डाक्टर चन्द्र प्रकाश गुरुङ, विश्व वन्यजन्तु कोष एसिया प्यासिफिक प्रमुख मिङ्मा शेर्पा, ताप्लेजुङ उद्योग वाणिज्य संघका सदस्य विजय कुमार श्रेष्ठ, ताप्लेजुङका दावा शेर्पा, दुई सञ्चारकर्मी लगायत संरक्षण क्षेत्रमा समर्पित स्वदेशी तथा विदेशी गरी २४ जनाको निधन भएको थियो ।

आज दुर्घटना भएको हेलिकप्टर तेह्रथुमको चुहानडाँडा विमानस्थलबाट काठमाडौंका लागि उडेको थियो। काठमाडौंका लागि उड्नुअघि मन्त्री अधिकारी करिब एक घन्टा ४० मिनेट चुहानडाँडा स्थित प्रस्तावित विमानस्थलको अनुगमन कार्यक्रममा सहभागी भएका थिए।

हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनेहरुमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक ध्रुव भोछिभोया, प्रधानमन्त्री कार्यालयका उपसचिव युवराज दाहाल, पाइलट क्याप्टेन प्रभाकर केसी, यति एयरलाइन्सका अध्यक्ष आङछिरिङ शेर्पा, नेपाली सेनाका जमदार अर्जुन कुमार घिमिरे रहेका छन ।

प्रकाशित मिति २०७५ फाल्गुण १५ गते बुधबार ०१:३२
प्रतिक्रिया दिनुहोस