भोलि राष्ट्रिय शोक मनाईने

भोलि राष्ट्रिय शोक मनाईने

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण १५ गते बुधबार ०२:५२

काठमाडौं– सरकारले भोलि सार्वजनिक विदा दिएको छ। हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शोकमा विदा दिने निर्णय भएको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए। ‘बुधवार...

काठमाडौं– सरकारले भोलि सार्वजनिक विदा दिएको छ। हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको शोकमा विदा दिने निर्णय भएको गृहमन्त्री रामबहादुर थापाले जानकारी दिए।

‘बुधवार साँझ बसेको मन्त्रिपरिषद बैठकले फागुन १६ गते बिहीवार राष्ट्रिय शोक दिवस मनाउने निर्णय गरेको छ। भोलि राष्ट्रिय शोक मनाउँदै सरकारी कार्यालय, शैक्षिक संस्था, कलकारखाना सबैमा विदा दिइएको छ’, मन्त्रिपरिषदको निर्णय सुनाउँदै थापाले भने। 


बुधवार दिउँसो ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको भीरमा डाइनेस्टी हेलिकप्टर दुर्घटना हुँदा मन्त्री अधिकारीसहित ७ जनाको मृत्यु भएको थियो। मन्त्री अधिकारीको भोलि राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिनेछ।

प्रकाशित मिति २०७५ फाल्गुण १५ गते बुधबार ०२:५२
प्रतिक्रिया दिनुहोस