हिउको कलाकारिता, बनाए यति सुन्दर गणेशको मुर्ती

हिउको कलाकारिता, बनाए यति सुन्दर गणेशको मुर्ती

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण १६ गते बिहिबार ०३:५२

भक्तपुर : नगरकोट टावरमा पुगेका अधिकांश एकले अर्कोलाई हिउँका डल्लाले हिर्काएर रमाइरहेका थिए। कोही हिउँमै चिप्लेटी खेलिरहेका थिए । यसबीच सबैजसो हिउँमा फोटो खिच्न व्यस्त थिए। कोही हिउँको थुप्रो देख्ने वित्तिकै सेल्फी खिच्न मग्न...

भक्तपुर : नगरकोट टावरमा पुगेका अधिकांश एकले अर्कोलाई हिउँका डल्लाले हिर्काएर रमाइरहेका थिए। कोही हिउँमै चिप्लेटी खेलिरहेका थिए । यसबीच सबैजसो हिउँमा फोटो खिच्न व्यस्त थिए। कोही हिउँको थुप्रो देख्ने वित्तिकै सेल्फी खिच्न मग्न थिए। कोहीकोही जाने पनि नजाने पनि हिउँका विभिन्न आकृति बनाइरहेका थिए। सबैको एउटै आकृति हुन्थ्यो हिम मानव (स्नो म्यान)। स्यूँस्यूँ गर्दै हिम मानव बनाइसकेपछि त्यसैसँग फोटो खिच्न भ्याइनभ्याई।

यसरी सबै हिउँमा रमाइरहेका बेला भक्तपुर नपा ४ हरिशरण प्रजापति भने हिउँमा खेलि रहेकालाई ध्यान नदिएर एकोहोरो हिउँमा कला पोखि रहेका थिए। पेसाले माटोको भाडालगायतका क्युरियो सामग्री बनाउने कुमाले हरिशरणले हिउँकै गणेश, हाँस लगायतका प्रतिमा बनाएर हिउँमा आफ्नो कला पोखिरहेका थिए। उनले सल्लाको रुपमा हिउँबाट गणेशको मूर्ति बनाइरहँदा कोही कोही हिउँ खेल्न छाडेर उनको कलाकारितामा ध्यान दिइरहेका थिए।

हरिशरण आफ्नो माटोका भाडा बनाउने कुचीले भने एकमग्न भई हिउँमा कला पोखि रहेका थिए। हिउँमा कला पोख्न उनलाई छोरा रसिकले साथ दिइरहेका थिए। हिउँको थुप्रोमा हरिशरण आकृति बनाइरहने रसिक हिउँ बोकेर बाबुको अगाडि राख्ने। कलाकार प्रजा पतिले १२ वर्षपछि परेको हिउँमा आफ्नो कलाकारिता पोख्नकै लागि नगरकोट पुगेको सुनाए। ‘घरमै पनि हिउँ परेको हो तर कलाकारिता पोख्न पर्याप्त भएन’, उनले भने, ‘घरमा पनि हिउँका विभिन्न मूर्ति बनाएका थिएँ।’

पूरा पढ्नुहोस

प्रकाशित मिति २०७५ फाल्गुण १६ गते बिहिबार ०३:५२
प्रतिक्रिया दिनुहोस