कास्की । कास्की जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका एक अभियुक्तको शंकास्पद मृत्यु भएको छ । अभियुक्तले बिहान ४ बजे हिरासत कक्षभित्रै विष सेवन गरेर बान्ता गर्न थालेपछि प्रहरी कार्यालयमै हल्लीखल्ली मच्चिएको थियो ।

हिरासतभित्र विष सेवन गरेर मृत्यु हुनेमा भारतिय नागरिक ३० वर्षीय सन्दीप शाह रहेका छन् । उनी लागूऔषध कारोबारको आरोपमा गत पुस २ मा पक्राउ परेका थिए । लागूऔषध नियन्त्रणमा ब्यूरो, पोखराले पक्राउ गर्दा उनको साथबाट २ हजार ९ सय ७० वटा औषधिजन्य लागूऔषध बरामद भएको थियो ।मृत शाहको शव उनको शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, कास्कीमा राखिएको छ ।

शाहले हिरासत भित्र कसरि विष सेवन गर्याे भनेर आशंकामा एक जना प्रहरी अधिकारीमाथि समेत छानबिन भइरहेको स्रोतले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको बताइएको छ ।

स्रोत: न्युज २४ टि.भि.नेपाल