प्रदेश–७ को दार्चुलामा शुक्रबार बेलुकी ८ बजे भएको जीप दुर्घटनामा ११ जनाको ज्यान गएको छ ।
जिल्ला सदरमुकाम खलंगाबाट दुँगु गाँउपालिका जाँदै गरेको म. १ ज २८० नम्बरको जीप राताकाँठा भन्ने ठाँउमा सडकबाट करिव ३ सय मिटर तल खसेको थियो ।
गाउँपालिकाको...

गाउँपालिकाको वडा नम्बर ३ राताकाठा भन्ने भिरबाट करिव ३ सय मिटर तल महाकाली नदी किनारमा खसेको जीपमा चालकसहित १२ जना सवार रहेको खुल्न आएको छ। प्रहरीले घटनास्थलमा ७ जना महिलाको शव फेला पारेको छ भने ३ जना पुरुष तथा १ जना नाबालकको शव फेला पारेको उनले जानकारी दिए।
घट्नास्थलबाट मृतक र घाइतेहरुको उद्धार भइरहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका प्रहरी निरीक्षक रबिन्द्र कठायतले बताए ।
घाइते जीपका चालक दिपकसिंह धामीलाई उपचारको लागि भारतको पिथौरागढ लगिएको छ ।
फाईल तस्बिर प्रकाशित मिति २०७५ फाल्गुण १८ गते शनिवार १२:४४