मुगुमा आइतबार मध्यान्ह देखि मौसममा परिवर्तन आएसँगै रातिबाट ताल्चा, रारा, मुर्मा, तलितुम, माथितुम, बाम, रोवा, कोटीला, टोप्ला, मुगु, डोल्फू, झयारी, खमाले, लगायत क्षेत्रमा  हिमपात भएको छ । हिमपातले गमगढी नाग्मा सडक अवरुद्ध हुने आशंका गरिएको छ । रारा एयरपोटमा हिउँ जमेपछि हवाई उडान समेत प्रभावित हुने भएको छ ।

रातिबाट परेको हिमपातले चिसो बढेपछि जनजीवन कष्टकर बनेको छ । भने अन्न बाली जौ, गहुँ सप्रिने आशाले किसान उत्साहित भएका छन् । अकस्मातको हिमपातले किसानमा खुशी छाएको छ, हिउँ अन्नबालिका लागि उपयुक्त मानिन्छ । हिमपात र वर्षा हुँदा खेतबारीमा सुकेको जौ, गहुँ सप्रिने आशा गरिको छ । साथै देशका बिभिन्न स्थानमा हिमपात परेस‌गै जाडो पनि बढेको छ ।