“भारतीय संचारमाध्यम जहिले पनि सानो कुरालाई पनि बढाइचढाइ गर्छन्”, रिहा भएपछी पाईलटले भने

“भारतीय संचारमाध्यम जहिले पनि सानो कुरालाई पनि बढाइचढाइ गर्छन्”, रिहा भएपछी पाईलटले भने

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण १८ गते शनिवार ११:३१

पाकिस्तान प्रशासित कश्मीरमा खसालिएको भारतीय लडाकु विमानका चालक अभिनन्दन वर्तमानले अन्तत: मुक्त भएर स्वदेश फर्किए लगत्तै सबैभन्दा पहिले 'फर्कन पाउँदा निकै खुसी छु' भने। सीमाको भारततर्फ भारतीय झण्डा र उनको तस्बिर बोकेर घण्टौँ...

पाकिस्तान प्रशासित कश्मीरमा खसालिएको भारतीय लडाकु विमानका चालक अभिनन्दन वर्तमानले अन्तत: मुक्त भएर स्वदेश फर्किए लगत्तै सबैभन्दा पहिले ‘फर्कन पाउँदा निकै खुसी छु’ भने।

सीमाको भारततर्फ भारतीय झण्डा र उनको तस्बिर बोकेर घण्टौँ कुरेको मानिसहरूले उनलाई राष्ट्र नायक भन्दै स्वागत गरेको थियो। दुवै देशका पञ्जाब प्रान्त जोडिने वागा बोर्डरमा भारतीय अधिकारीले अभिनन्दनलाई स्वागत गरिरहँदा राजधानी दिल्लीमा आतसबाजी गरिएको थियो।

पाकिस्तानी सेनाको कब्जामा रहेका भारतीय फाईटर विमानका चालकलाई अभिनन्दन वर्तमानलाई भारत सरकारलाई बुझाइएको छ । अभिनन्दनले एक भिडियोमा भने, भारतीय सञ्चारमाध्यमले सानो कुराको पनि अनावश्यक व्याख्या गर्ने गरेको बताएका छन् । उनले सोही भिडियामा भनेका छन्, आफ्नो विमान ध्वस्त भएपछि प्यारासुटबाट पाकिस्तानी भूमिमा झरेको र आफूसँग हतियारका रूपमा एक पेस्तोल रहेको बताएका छन् । सोही पेस्तोल आफूलाई हातपात गर्न आएका स्थानीयलाई तर्साउन प्रयोग गरेको र आफू भागेको बताएका छन् ।

जसले गर्दा स्थिती सामान्य भए र पनि तनावग्रस्त देखिन्छ । उनले भनेका छन्, ‘भारतीय संचारमाध्यम जहिले पनि सानो कुरालाई पनि बढाइचढाइ गर्छन् । सानो कुरालाई पनि आगो लगाएर प्रस्तुत गर्छन खुर्सानी लगाएर प्रस्तुत गर्छन् । स्थानीयले आफूमाथि हातपात गर्न लाग्दा दुई पाकिस्तानी सेना आएको र उनीहरूले आफूलाई क्याम्पमा लिएको उनले बताएका छन् । पाकिस्तानी सेनालाई मलाई राम्रो व्यवहार गरेका थिए, उनले भने । बुधबार लाइन अफ कन्ट्रोल पार गरेर पाकिस्तानी हवाई क्षेत्रमा पुगेका अभिनन्दनलाई पाकिस्तानी वायु सेनाले विमान ध्वस्त पार्दै उनलाई कब्जामा लिएको थियो ।

पाकिस्तानी प्रधानमन्त्रीले उनको रिहाइलाई ‘शान्तिको सङ्केत’ भनेका थिए। र दुई देशलाई जोड्ने एक मात्र आधिकारिक सीमानाका वागा-अटारीमार्फत् अभिनन्दन स्वदेश पठाइए। पूर्वभारतीय कूटनीतिज्ञ एवं रणनीतिक मामिलाका जानकार केसी सिंहका अनुसार पाकिस्तानी प्रधानमन्त्रीले यसपटक ‘असमझदारीहरु सुल्झाउने आत्मसम्मानले भरिएको सहजिकरण र ईच्छाशक्तिमय परिदृश्य’ देखाएका छन्।सबैलाई चकित पार्ने अभिनन्दन फिर्ताको एउटा सन्देश त्यो पनि हो।

होरान गाउँका प्रमुखले पाईलट पक्राउको बारेमा बिबिसिलाई यस्तो बताएका थिए ।

“मेरो उद्देश्य पाइलटलाई जीवितै पक्राउ गर्नुथियो। मैले उनको प्यारासुटमा भारतको झन्डा देखेर उनी भारतीय हुन् भन्ने थाहा पाएको थिएँ,” मोहम्मद रजाक चौधरीले भने।


अन्ठाउन्न वर्षीय चौधरीले आफूले एमआईजी-२१ लडाकु विमानमा गोली लागेको र जमिनमा खस्दै गर्दा बुधवार बिहान देखेको बताएका छन्।

उनले अरू गाउँले जस्तै आफू पनि उक्त क्षेत्रमा हतारिएर पुगेको बताए।
“मलाई उनीहरू [गाउँलेहरू]ले उनले हामीलाई हानि पुर्‍याउलान् भन्ने डर लागेको थियो,” चौधरीले भने।
चौधरी पाकिस्तानका प्रधानमन्त्री इमराज खानको पीटीआई पार्टीसँग आबद्ध छन्।

उनका अनुसार उनी उक्त क्षेत्रमा पुग्दा पाइलटले केही गाउँलेहरूलाई आफू भारतीय भूमिमा अवतरण भएको हो भनेर सोधेका थिए।
र, गाउँलेहरूमध्ये एकजना बालकले ‘हो’ भनी छिट्टै जबाफ दिएका थिए।


“ती पाइलटले आफ्नो प्यारासुट खोले र राष्ट्रिय प्रेमका नाराहरू लाए। तर उनीनजिकै रहेका एक बालकले ‘पाकिस्तान अमर रहोस्’ भनेका थिए। त्यही बेला पाइलटले आफ्नो बन्दुक झिके र तर्साउनका लागि हावामा बन्दुक पड्काए।”
तर त्यसले वरपर रहेका मानिसहरूलाई आक्रामक बनाएको चौधरीले बताए।

उनका अनुसार ती मानिसहरूले ढुङ्गा उचाले र हाने।
त्यसपछि उनी हावामा बन्दुक पड्काउँदै भागेको चौधरीले बताए।
“केटाहरूले एउटा खोल्सामा उनी नखस्दासम्म पच्छ्याए र हतियार भएका एकजना मेरा भतिजले उनलाई खुट्टामा गोली हाने,” चौधरीले भने।


“मेरा भतिजले उनलाई आफ्नो बन्दुक राख्न भने र उनले त्यसै गरे। त्यसपछि अर्को कसैले उनलाई समाते र उनीसँग यदि कुनै अरू हतियार थियो भने त्यसको प्रयोगलाई पनि रोके।”
त्यसपछि ती पाइलटले आफ्नो खल्तीबाट केही कागजहरू झिकेर त्यसलाई नष्ट गर्न आफ्नो मुखमा हालेका थिए। तर गाउँलेहरूले उनीबाट केही कागज थुत्न सके। पछि उनीहरूले ती कागज सेनालाई दिए।


“हाम्रा केटाहरू धेरै रिसाएका थिए र उनलाई झापड र मुक्का हान्न नजिक जान खोजेका थिए। तर केहीले भने त्यसरी आक्रामक रूपमा प्रस्तुत हुनेहरूलाई रोक्न प्रयास गरेका थिए। मैले पनि सेनाका अधिकारीहरू नआउँदासम्म ती पाइलटलाई नकुट्न उनीहरूलाई भनेँ।”

प्रकाशित मिति २०७५ फाल्गुण १८ गते शनिवार ११:३१
प्रतिक्रिया दिनुहोस