बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ्गमा घरायसी विवाद हुँदा श्रीमानले प्रहार गरेको गोली लागेर श्रीमती घाईते भएकी छन् ।साविकको दर्लिङ्ग–७ पात्ले कटरियाका ३५ वर्षीय चन्द्रबहादुर घर्तीले प्रहार गरेको भरुवा बन्दुकको छर्रा लाग्दा उनकी २५ वर्षीय श्रीमती बालकुमार घर्ती घाईते भएकी हुन् ।कम्मरको भागमा छर्रा लागेर घाइते भएकी घर्तीलाई मोटर बाटोमा हिँउ जमेको कारण उद्धारमा समस्या भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएपी) चिरञ्जिवी कोईरालले जानकारी दिए ।

विहिबार मापक पदार्थ सेवन गरी घरमा आएका चन्द्रबहादुरले तरकारी ढिलो पकाएको भन्दै झगडा निकाले पछि भनाभन हुँदा उत्तेजनामा आएर बन्दुक प्रहार गरेको घाईते बालकुमारीले प्रहरीसँग बयान दिएकी छन् ।बन्दु प्रहार गर्ने चन्द्रबहादुर फरार रहेको घटना स्थलमा पुगेका प्रहरी नायव निरीक्षक भोजबहादुर बानियाँले जानकारी दिए । प्रहरीले भरुवा बन्दु नियन्त्रणमा लिएको छ । बन्दुकको लाईसेन्स समेत नभएको प्रहरी नायव निरीक्षक बानियाँको भनाई छ ।‘बाटोभरी हिउँ छ प्रहरीको गाडी समेत आउन सकेन’ प्रहरी नायव निरीक्षक बानियाँले भने । गाउँलेको सहायताबाट स्टेजर प्रयोग गरी बूर्तिवाङ्ग लैजाने तयारी भैरहेको छ । अत्याधिक चिसोको कारण उद्धारमा समस्या भएको बताइएको छ ।