पुरुषहरु हामिलाई खेलौना जस्तै ठान्छन, ‘कहिलेकाहीँ त हामी अनायसै रातभर राेएर बस्थ्याैँ’

पुरुषहरु हामिलाई खेलौना जस्तै ठान्छन, ‘कहिलेकाहीँ त हामी अनायसै रातभर राेएर बस्थ्याैँ’

इ-परेवा

@Eparewa

२०७५ फाल्गुण १९ गते आईतबार ०२:१९

अहिले जहाँकहीँ याैनशाेषणकाे विराेधमा अावजहरू उठिरहेका छन् । #MeToo मार्फत कतिपय युवतीहरूले सामाजिक संजालमा अाफूसंग भएकाे घटनाका बारे खुलेर भनिरहेका छन् । यसै बीचमा मानवअधिकारवादी समूह ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) ले गरेकाे...

अहिले जहाँकहीँ याैनशाेषणकाे विराेधमा अावजहरू उठिरहेका छन् । #MeToo मार्फत कतिपय युवतीहरूले सामाजिक संजालमा अाफूसंग भएकाे घटनाका बारे खुलेर भनिरहेका छन् ।

यसै बीचमा मानवअधिकारवादी समूह ह्युमन राइट्स वाच (एचआरडब्ल्यू) ले गरेकाे एक रिपाेर्टका अनुसार उत्तर काेरियामा याैन शोषण व्यापक छ र सामान्य जीवनको अंशजस्तै बनिसकेको छ।

साे रिपाेर्ट ६२ उत्तर काेरियाली महिलासंगकाे कुराकानीका अाधारमा तयार पारिएकाे हाे, जाे देश छाेडेर गइसकेका छन् । उनीहरूले याैनशाेषणका बारे खुलेर बताए ।

शक्ति र पदमा भएका व्यक्तिहरूले खुल्ला रूपमा याैनशाेषण गरेकाे उक्त समूहले एचआरडब्ल्यूलार्इ बताएकाे छ ।

‘उनीहरू हामीलार्इ खेलाैनासरह ठान्छन्’

४० वर्षकी एक पूर्व व्यापारी महिला ओ जंग-हीले रिपाेर्टरहरूलार्इ भनिन्-‘उनीहरू हामीलार्इ खेलाैना (सेक्स टाेय) सरह ठान्छन्, हामी पूर्णरूपमा उनीहरूकाे नियन्त्रणमा हुन्छाैं ।’ उनी अगाडि थप्छिन्- ‘कहिलेकाहीँ त हामी अनायसै रातभर राेएर बस्थ्याैँ ।’

उत्तर काेरियाजस्ताे देशमा सुचनाहरू निकाल्न निकै गाह्राे पर्ने हुनाले यस्ता रिपाेर्टहरू निकै नै कम अाउँछन् ।

उत्तर कोरियाली अधिकारीहरूबाट महिलामाथि यौनशोषण हुने गरेको र त्यो प्राय: दण्डहीन रहने गरेको मानवाधिकारवादी समूह ह्युमन राइट्स वाच (एचआरडब्ल्यू)को प्रतिवेदनले जनाएको छ।

एचआरडब्ल्यूका अनुसार केही महिलाहरूले भनेका छन्, याैनशाेषण अति सामान्य भएकाे थियाे की उनीहरूलार्इ लाग्थ्याे याे ‘असामान्य’ हाे । कतिपयले त यसलार्इ अाफ्नाे जीन्दगीकाे दैनिकी हिस्साकाे रूपमा समेत लिसकेकाे बताएका छन् ।

याैन शिक्षाकाे कमी अनि शक्ति र तागतकाे गलत दुरूपयाेग हुनु नै यस मानसिकताकाे कारण रहेकाे रिपाेर्टमा जनाइएकाे छ । याैन शाेषण गर्नेहरूमा उच्च पार्टीका अधिकारी, कारागारका सुरक्षाकर्मी, प्रहरी र सैनिकहरू पनि छन्।

‘मेराे जिन्दगी उसकाे हातमा’

इन्टरभ्यूमा कुनै सरकारी कर्मचारीले एक महिलालार्इ छान्याे भने उसकाे कुरा मान्नुबाहेक अरू कुनै विकल्प नहुने गरेकाे महिलाहरूले एचआरडब्ल्यूलार्इ बताए ।

उत्तर काेरियाबाट भाग्न लाग्दा समातिएकी एक महिलाले प्रहरीबाट पनि यस्तै शाेषण खेप्नुपर्याे । पार्क युंग-ही नाम गरेकी ती महिलाले भनिन्- ‘उनले मलार्इ अाफ्नाे नजिक बसाए, हरेकपल्ट मेराे संवेदनशील अंगतिर छुन्थे…, मेराे जिन्दगी उनकाे हातमा थियाे । त्यसैले मैले त्याे सब गरे जे उनी चाहन्थे । त्याे भन्दा अरू म के नै गर्न सक्थे र ?’

ह्युमन राइट्स वाचले उत्तर काेरियालार्इ ‘याैन शाेषणमाथि ध्यान पुर्याउन’ र यसलार्इ एक ‘अपराध’ स्वीकार्न अाग्रह गरेकाे छ ।

सन् २०१४ मा प्रकाशित संयुक्त राष्ट्रसङ्घको एक रिपाेर्टमा भनिएकाे छ, काेरियाली सरकारबाट नै मानवअधिकारकाे उल्लङ्घन सङ्गठित र व्यापक रूपमा भएकाे छ । साे रिपाेर्टले काेरियाका कारागार र हिरासतमा समेत गर्भपतन, बलात्कार र याैनहिंसा हुने गरेकाे जनाएको छ ।

(बीबीसीबाट न्युज२४ का लागि सुजाता मिश्रद्वारा अनुदित)

प्रकाशित मिति २०७५ फाल्गुण १९ गते आईतबार ०२:१९
प्रतिक्रिया दिनुहोस