काठमाडौं: महाशिव रात्री तथा सेना दिवसका अवसरमा नेपाली सेनाले सैनिकमञ्च टुँडिखेलमा विशेष समारोहको आयोजना गरेको थियो। समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँस्थित वीर स्मारकमा पुष्पहार चढाई श्रद्धाञ्जली अर्पण गर्नुका साथै नेपाली सेनाद्वारा अर्पण गरिएको सलामी ग्रहण गरिन् । समारोहमा सेनाले राइफल र तोपबाट महाशिवरात्री आरम्भ गर्नुका साथै बडाइ कवाज प्रस्तुत गरेको थियो ।

मार्चपास, सैनिक र नेपाली परम्परा गत भेष भूषा झल्कने विविध कला, नृत्य र सङ्गीतको धुन प्रदर्शन गरेको थियो । सैनिक मञ्चमा नेपाली सेनाको व्यावसायिक कार्यकुशलतालाई झल्काउने केही सैनिक कौशलसमेत प्रस्तुत भएको थियो । सेना दिवसको अवसरमा नेपाली सेनाले राजधानीको टुँडिखेलमा सैनिक कौशल देखाउने क्रममा एक सैनिक दुर्घटनामा परेका छन् । नेपाली सेनाका हवल्दार पूर्णबहादुर भण्डारी सुन्धारास्थित नेपाल टेलिकमको भवनमाथिबाट भुइँमा बजारिएका हुन् ।

उन हेलिकप्टरबाट प्याराग्लाइडिङ कौशल देखाउने क्रममा दुर्घटनामा परेका हुन् । हेलिकप्टरमा गएका हवल्दार घण्डारीले टेलिकमको भवनमाथिबाट हाम्फालेका थिए । तर, उनले हाम्फाले सँगै खुल्नुपर्ने प्यारासुट नखुलेपछि उनी भुइँमा बजारिए । सेनाको हेलिकोप्टर बाट प्यारासुटमार्फत टुँडिखेलमा झर्नुपर्नेमा उनको प्यारासुट नखुल्दा उनी सिधै तल झरेका थिए। घाइते भण्डारीलाई उपचारका लागि वीर अस्पतालमा लगिएको नेपाली सेनाका प्रवक्ता याम ढकालले बताए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस