एजेन्सी, २१ फागुन। अमेरिकामा ३४ वर्षीय प्रोफेसरले विद्यार्थीको बच्चा बोकेर पढाएको तस्बिर संसार भर चर्चित बनेको छ। अमेरिकाको एटलान्टामा प्रोफेसर नाथन अलेक्जेन्डरले विद्यार्थीको बच्चा बोकेर पढाए पछि उनको चौतर्फी प्रशंसा भए को हो । बच्चा हेर्ने मान्छे नपाएपछि वायन हायरले आफ्नी छोरीलाई कक्षामै लिएर गएका थिए ।बच्चाका पितालाई कक्षामा सहज होस् भन्ने उद्देश्यले प्रोफेसरले ५० मिनेटको पूरै कक्षा बच्चीलाई बोकेर नै पढाएका थिए ।

गणितका प्रोफेसर अलेक्जेन्डरका आफ्ना ब च्चाबच्ची नभए पनि उनले विद्यार्थीको बच्चा बोकेर पढाउँदा कुनै अवरोध आएन । बच्ची रुने हुन् कि भन्ने चिन्ता भएपनि बच्चीले राम्रोसँग व्यवहार गरेको र कक्षाको अन्त्यतिर बच्ची निदाएको बीबीसीले जनाएको छ। सामा जिक सञ्जालमा प्रोफेसरको यस्तो कार्यको प्रशंसा भएको छ ।